अाेलीले अाज मन्त्रिपरिषद् विस्तार गर

अाेलीले अाज मन्त्रिपरिषद् विस्तार गर

  • सोमवार, फाल्गुन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, फागुन १४ । प्रधानमन्त्री नियुक्त भएको ११ दिन पछि केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

पनि ओलीले सरकार विस्तार गर्न लाग्नुभएको हो । उहाँ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

पार्टी एकतामा सहमत नेकपा माओवादी केन्द्र र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्री दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मन्त्रिपरिषद् विस्तारका विषयलाई लिएर प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।

दुई नेताबीचको छलफल पनि उनीहरुले आ–आफ्नो पार्टीभित्र पनि छलफल गरेका थिए ।

ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबण्डा भइसकेको छ ।

तर, दुवै पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न समस्या भएको छ ।

ओली र दाहालले आज आ–आफ्नो पार्टीभित्र छलफल गरी अपराह्न मन्त्रीहरुको सपथ गराउने तयारी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ