एकीकृत पार्टीको सैद्धान्तिक प्रस्ताव लेखन भोलीदेखि शुरु गर्ने

एकीकृत पार्टीको सैद्धान्तिक प्रस्ताव लेखन भोलीदेखि शुरु गर्ने

  • आइतवार, फाल्गुन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ, फागुन १३ ।
नेकपा एमाले र माओवादी केन्द्रको प्रतिवेदन मस्यौदा कार्यदलले एकीकृत पार्टीको सैद्धान्तिक प्रस्ताव लेखन भोलीदेखि शुरु गर्ने भएका छन् ।

पेरिसडाँडामा आज बसेको एमाले नेता माधवकुमार नेपाल संयोजकत्वको वैचारिक दस्तावेज निर्माणसम्बन्धी कार्यदलको बैठकले दुवै पार्टीको राजनीतिक प्रतिवेदन अध्ययन गरेर भोलीदेखि दस्तावेज लेखन शुरु गर्ने निर्णय गरेको हो ।

दुवै पार्टीको सैद्धान्तिक तथा वैचारिक पक्षलाई मिलाएर एकीकृत दस्तावेज बनाउन चार सदस्यीय उपसमितिसमेत गठन गरिएको माओवादी केन्द्रका प्रवक्ता एवं कार्यदल सदस्य पम्फा भुसालले जानकारी दिनुभयो । सो उपसमितिमा एमाले उपाध्यक्ष भीमबहादुर रावल र सचिव प्रदीपकुमार ज्ञवाली तथा माओवादी केन्द्रका तर्फबाट नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ सदस्य हुनुहुन्छ ।

एमालेले आत्मसात् गर्दै आएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले अंगीकार गर्दै आएको ‘माओवाद’ र एक्काइसाँै शताब्दीको जनवाद’का साझा र आधारभूत विषयका आधारमा सैद्धान्तिक प्रतिवेदन तयार पारिनेछ । पार्टी एकताका लागि तयार पारिएको सातबुँदे सहमतिपत्रमा माक्र्सवाद र लेनिनवादलाई अंगीकार गर्ने विषय समेटिएकाले पनि कार्यदललाई सैद्धान्तिक प्रतिवेदन तयार पार्न सहज हुने बताइएको छ ।

आजको बैठकमा दुवै पार्टीको राजनीतिक दस्तावेज प्रस्तुत गरिएको बताउँदै प्रवक्ता भुसालले अन्तर्रा्ष्ट्रिय र नेपालका कम्युनिष्ट आन्दोलन, भावी कार्ययोजना तथा समग्र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय अवस्थाका बारेमा केन्द्रित रहेर प्रतिवेदन तयार पारिने जानकारी दिनुभयो ।

एमाले सचिव ज्ञवालीका अनुसार दुवै पार्टीको राजनीतिक दस्तावेज अध्ययन तथा संयोजन गरेर संयुक्त प्रतिवेदन तयार पारिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ