“चुनाव लड्दा मलाई टुरिष्ट उम्मेद्वारको आरोप लाग्यो, अहिले दिक्क मान्नु भएकाे हाेल“

“चुनाव लड्दा मलाई टुरिष्ट उम्मेद्वारको आरोप लाग्यो, अहिले दिक्क मान्नु भएकाे हाेल“

  • आइतवार, फाल्गुन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

चितवन, फागुन १३ । माअाेवादी केन्द्रका अध्यक्ष एवमं चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनतासंग नजिक रहन जनसम्पर्क कार्यालय स्थापना गरेका छन् ।

भरतपुरस्थित हाकिम चोकमा रहेको कार्यालयको आज समुद्घाटन गर्दै  प्रचण्डले चितवनको विकासलाई समग्र देश र विश्वले नै हेरिरहेको भन्दै यस अवसरलाई जनसम्पर्क कार्यालय मार्फत सदुपयोग गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

उनले शुसासन र विकास निर्माण जनताले चाहेको भन्दै यस कार्यमा लाग्न एकीकृत हुन लागेका दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, “सुशासन कायम र विकास निर्माण, जनताको समस्या समाधान गर्न कस्तो विधि प्रणाली अपनाईन्छ भन्ने कुरा सबैले हेरेका हुन्छन्, जनताका कुरा राम्ररी सुनेर काम गर्नुहोला ।”

उनले थप्दै भने–“प्रचण्डले जितेको निर्वाचन क्षेत्र र जिल्लामा सुशासन, जनताको दैनिक समस्या समाधान, साना देखि ठूला विकास निर्माणका कामहरु कसरी हुन्छ भन्ने कुरा सिंगो राष्ट्रले हेरेको हुन्छ, सिंगो विश्वले पनि हेरेको हुन्छ, यहाँको काम एउटा निर्वाचन क्षेत्रको एउटा साँसदले गरेको काम जस्तो मात्रै हुँदैन ।”

यी कुराहरु पुरा गर्न एकीकृत हुन लागेको दुवै पार्टीका कार्यकर्ता र शुभेच्छुकका लागि ठूलो अवसर भएको उनको भनाई छ । प्रचण्डले यो अवसरले सिंगो राष्ट्रलाई सन्देश दिने र राष्ट्र निर्माण अभियानलाई गति दिने काम हुने बताए ।

निर्वाचन जितेसंगै आफू पटक–पटक चितवन आएको स्मरण गराउँदै सधै यस्तो अवस्था नमिल्ने भएकाले सम्पर्क कार्यालयले चितवनसंग प्रचण्डलाई जोड्न पुलको काम गर्ने उनले बताए ।

चुनावी नारालाई स्मरण गर्दै अध्यक्ष प्रचण्डले ठट्यौली पारामा भने–“चुनाव लड्दा मलाई टुरिष्ट उम्मेद्वारको आरोप लाग्यो, अहिले त सधै देखेरे नै दिक्क मान्नु भएको होला, सधै यसरी म आउन सक्ने अवस्थामा पनि हुदिन ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ