छाया सरकार बनाउने काग्रेसको निर्णय: ओलीलाई दबाबमा राख्ने यस्तो छ योजना

छाया सरकार बनाउने काग्रेसको निर्णय: ओलीलाई दबाबमा राख्ने यस्तो छ योजना

  • शनिबार, फाल्गुन १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, फागुन १२ ।

नेपाली कांग्रेसले आफ्नो सरकारले सिफारिस गरेका तीन जनालाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपति विद्या भण्डारीलाई आग्रह गर्ने भएको छ ।

कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदको आज सिंहदरबारमा बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनित गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँहरु तीनै जनाले आफूलाई नै राष्ट्रियसभामा मनोनयन गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।

कांग्रेस नेतृत्वको सरकाले उहाँलाई राष्ट्रियसभामा सिफारिस गरेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको त्यो सिफारिस फिर्ता लिँदै युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रियसभामा सिफारिस गर्नुभएको थियो ।

त्यो सिफारिस अनुसार राष्ट्रपतिले खतिवडा, बिडारी र पौडेल राईलाई राष्ट्रियसभामा मनोनयन गरिसक्नु भएको छ । यस्तै कांग्रेस सांसदको बैठकले संसदीय दलको विधान पनि अनुमोदन गरेको छ ।

यसअघि यो विधान कांग्रेसको केन्द्रिय समितिले पारित गरेको थियो । बैठकमा छाया सरकार गठन गर्ने विषयमा अहिले छलफल चलिरहेको नेता विश्वकर्माले बताउनुभयो ।

यस्तै आजको बैठकका आधारमा आइतबार बस्ने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यसबारे निर्णय गर्नेछ । कांग्रेसका प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ गरि ७६ जना सांसद छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ