काठमाडौ १२ फागुन ।
नेपाली काग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको संयुक्त बैठक आज बस्दै छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने बैठकले संसदीय दलको परिमार्जित बिधान तयार पार्ने छ ।
बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकमा सांसदहरुले विधानको टुंगो लगाउने संसदीय दलको नेता चयनको प्रक्रिया सुरु गर्नेबारे धारणा राख्ने जनाईएको छ ।
त्यसकै आधारमा आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विद्यानबारे निर्णय गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसका प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ गरी ७६ जना सांसद छन् ।
संसदीय दलको बिधान संसोधनका भोली बिहान ९ बजे लागी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको प्रवत्ता शर्माले बताउनु भयो ।संसदीय दलको नेता चयनका लागी केन्द्रिय समिति बैठकले निर्वाचन समिति पनि बनाउने छ ।