सरकारको दमन विरुद्ध सशक्त प्रतिरोध गर्ने विप्लवको घोषणा , केपी र प्रचण्डको षड्यन्त्रकारी साँठगाँठ ध्वस्त पार्ने उद्घोष

सरकारको दमन विरुद्ध सशक्त प्रतिरोध गर्ने विप्लवको घोषणा , केपी र प्रचण्डको षड्यन्त्रकारी साँठगाँठ ध्वस्त पार्ने उद्घोष

  • शुक्रबार, फाल्गुन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं ,फागुन ११ ।
नेपाल कम्युुुनिष्ट पार्टीका महासचि नेत्रविक्रम चन्द विप्लबले ओली सरकारको दमनका बिरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ । शान्तिपूर्ण कार्यक्रममा दमन गर्नुका साथै नेताहरुलाई गिरफ्तार गरेर अहिलेसम्म नछोडेको भन्दै महासचिव विप्लवले अब पार्टी कडा प्रतिरोधमा उत्रने बताउनु भयो ।
उहाँले जनताको मुक्ति, क्रान्ति र राष्ट्रिय स्वाधीनताको र वैज्ञानिक समाजवादको स्पष्ट लक्ष्य र दृष्टिकोण लिएर मैदानमा उत्रेको पार्टीलाई यस्ता दमनले केही चुनौती थपिए पनि कुनै फरक नर्पने पनि प्रष्ठ पार्नुभयो ।

नेकपाले राष्ट्रघात र जनघातका विरुद्ध संघर्ष गरिरहेको स्पष्ट पार्दै उहाँले पार्टीको संघर्षलाई अराजनीतिक, गैरकानुनी र प्रतिबन्धित भनेर घोषणा गर्दै जनतामा भ्रम छर्न वर्तमान सरकार लागिरहेको बताउनु भयो ।
नेपालमा दलालहरूको रक्षा गर्दै आफ्नो कुर्सीस्वार्थ पूरा गर्न क्रान्तिलाई प्रहार गर्ने वचन दिएको कारण आनो पार्टीमाथि दमन गर्न खोजेको उहाँको भनाई थियो ।

वाम गठबन्धनको सरकारले विगतका सबै सरकारलाई उछिन्दै युवा संगठनको राष्ट्रिय सम्मेलनलाई प्रतिबन्द लगाएको र सम्मेलनलाई जनयुद्धको संकटकालको अवस्थामा भन्दा पनि निच र कायरतापूर्ण तरिकाले ढंगले बिथोल्नु केपी र प्रचण्डको षड्यन्त्रकारी साँठगाँठ भएको पनि महासचिव विप्लवले बताउनु भयो ।
ओलीको नेतृत्वमा सरकार बनेपछि आफनो पार्टिमा कुनै छलफल नभएको तर युद्ध र प्रतिबन्धित जसरी आफ्नोे पार्टी्विरुद्ध उत्रनुले पनि केपी –प्रचण्ड गठबन्धन घोर त्रास र आक्रोशसहित पूर्वाग्रही धारमा रहेकोप्रष्ट हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो , यो राज्यव्यवस्थाबाट पिल्सिएका महिला ,दलित , पिडडिएको वर्ग ,उत्पीडित श्रमिक किसानको पूर्ण मुक्ति र अधिकारका लागि जनयुद्धका उपलब्धी जोगाउदैँ सबै क्रान्तिकारी , राष्ट्रवादी शक्ति र जनता एकक हुनुको विकल्प नरहेको पनि बताउनु भयो ।

एमाले–माओवादीले साम्राज्यवादी मालिकहरूको टाङमुनि घोप्टो परेर आत्मसमर्पण गरेकोले आफ्नो कायरता छोप्न क्रान्ति सकिएको र विकास गर्ने हावादारी प्रचार भन्दै महासचिव विप्लवले खतरा मोल्नुभन्दा क्रान्तिको घाँटी निमोठेर तिनका मालिकलाई खुसी पार्न र जनतालाई भ्रम दिन खोजेको बताउनु भयो ।
उहाँले राष्ट्रघाती माथिल्लो कर्णाली अरुण तेस्रो र गैरसरकारी संस्था लगायत दलालहरुबीरुद्ध नेकपाले पछिल्लो समय गरेको कार्वाहिले केपी एण्ड कम्पनीलाई आफ्नो टाउको बुटले हाने जस्तो भएकोले पनि नेकपाबिरुद्ध अन्धाधुन्द दमनमा उत्रेको हुन सक्ने उहाँले तर्क गर्नुभयो ।
ओली प्रचण्ड गठबन्धनले मालिकहरूलाई खुसी पार्ने र आफ्नो स्वार्थ पूरा गर्न आफुहरू क्रान्तिकारी शक्तिको कट्टर विरोधी भएको देखाउन प्रस्ट संकेत दिन खोजेको भन्दै महासचिव विप्लवले क्रान्तिकारी शक्तिलाई तह लगाउन सकिने तर्क निष्कर्ष मनोगत हुनुका साथै आत्मघातीसमेत हुने चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ