अब केन्द्रमा १८ मन्त्रालय मात्रै बन्ने: यस्ता छन् आजको मन्त्रीपरिषदका निर्णयहरु

अब केन्द्रमा १८ मन्त्रालय मात्रै बन्ने: यस्ता छन् आजको मन्त्रीपरिषदका निर्णयहरु

  • शुक्रबार, फाल्गुन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौं, फागुन ११ ।
सरकारले केन्द्रका ३१ वटा मन्त्रालयलाई घटाएर १८ वटा कायम गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारमा १८ वटा मन्त्रालय कायम राख्ने निर्णय गरेको हो ।

बैठकपछि वातावरण मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय बनाउने निर्णय सरकारले गरेको जानकारी दिनु भएको छ ।

यसअघि हिजो नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीचको बैठकले मन्त्रालय घटाउने विषयमा सहमति जुटाएको थियो ।

यस्तै, सरकारले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरेको छ ।

आजको मन्त्रिपरिषद्को बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । ओलीको अघिल्लो कार्यकालमा पनि रिमाल राजनीतिक सल्लाहकार रहनुभएको थियो । रिमाल नेकपा एमालेको पोलिटब्यूरो सदस्यसमेत हुनुहुन्छ ।

नवनियुक्त सल्लाहकार विष्णु रिमालले ‘सुखी नेपाल र समृद्ध नेपाल’को जिम्मेवारी युद्धस्तरमा शुरु हुने बताउनुभएको छ ।
उहाँको नियुक्तिपश्चात् बालुवाटारमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै पाँच वर्षे कार्ययोजनाअनुसार जिम्मेवार भएर सरकार अगाडि बढ्ने बताउनुभयो ।
मन्त्रिमण्डल चाँडै विस्तार उल्लेख गर्दै उहाँले नेकपा (एमाले) र नेकपा (माओवादी) केद्रबीच मन्त्रालय र व्यक्तिका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
एमालेका पोलिटब्यूरो सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष रिमाल संविधानसभाका पूर्व सदस्य हुनुहुन्छ । प्रधानमन्त्री ओली यही फागुन ३ गते नियुक्त भएपछि सचिवालयमा उहाँको यो पहिलो नियुक्ति हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ