मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

  • शुक्रबार, फाल्गुन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ११ फागुन ।
सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन बसेको एमाले स्थायी समिति बैठकले सरकारमा जाने मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्री छान्ने जिम्मेवारी प्रधानमन्त्री समेत रहेका ओलीलाई दिएको प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईका अनुसार बैठकमा नेताहरुले पार्टीबाट मन्त्री छान्दा भूगोल, योग्यता र क्षमता हेरेर छनोट गर्नुपर्ने धारणा राखेका थिए ।

त्यस्तै एमालेले गत फागनु सात गते एमाले माओवादीबीच भएको पार्टी एकताको सात बँुदे आधारपत्र अनुमोदन गरेको छ । बैठकले संघीय समाजवादी फोरम र राजपालाई समेत सरकारमा ल्याउन छलफल गर्ने निर्णय गरेको छ ।

एमाले सचिव समेत रहेका भट्टराईले पार्टी एकता अन्तिम चरणमा पुगेकाले एमालेका सवै कमिटीका सम्मेलन स्थगित गर्न निर्देशन दिने निर्णय गरेको बताउनु भयो । पार्टी सदस्यता, नविकरण र प्रशिक्षण जस्ता कार्यक्रम भने नरोक्ने एमालेले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ