माओवादी केन्द्रबाट प्रचण्डलाई कारबाही !

माओवादी केन्द्रबाट प्रचण्डलाई कारबाही !

  • शुक्रबार, फाल्गुन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डाै, ११ फागुन ।

नेकपा माओवादी केन्द्रले एमालेसँगको एकता प्रक्रियाप्रति असन्तुष्ट नेता गोपाल किरातीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गरिएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत किरातीले प्रचण्डसहितका नेतालाई ‘दाहाल एण्ड कम्पनी’ को संज्ञा दिँदै उनीहरु माओवादी केन्द्रमा नरहेको दाबी गरेका छन् । किरातीले  ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा माओवादी केन्द्र पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग दाहाल एण्ड कम्पनीले ‘कथित कारबाही’ गरेकोमा त्यस कम्पनीलाई धन्यवाद दिने बताए । उक्त कारबाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कारबाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनीमा निहित एकमनवादको पराकाष्ठा समेत भएको टिप्पणी उनको छ ।

‘माओवादी केन्द्र पुनर्गगठन गर्नुपर्ने कारणबारे एकपटक पनि सुनुवाईको मौका नदिइकन कथित कारकाबी दाहाल कम्पनीकै विनाशको बर्खिलाप समेत हो’, किरातीले भनेका छन् । ‘जो चोर, उसैको ठूलो स्वर’ भने झैं मार्क्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ आफूलाई कारबाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र भएको दाबी किरातीले गरेका छन् ।

किरातीले माओवादी केन्द्रका इमान्दार नेता कार्यकर्तालाई एमालेकरणविरुद्ध विद्रोहको झण्डा उठाउन तथा पार्टी पुनर्गठनमा सहयोग गर्न देशकासीमा समेत किरातीले अपिल गरेका छन् । ‘यसैसाथ एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनी माओवादी केन्द्रमा नरहेको स्पष्ट गर्दै त्यस कम्पनीको प्रतिक्रान्तिकारी हर्कत विरुद्ध विरोधको झण्ड उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई जोडदार आव्हान गर्दछु । पार्टी पुनर्गठनमा सहयोग गर्न सबै देशवासीमा विशेष अपिल गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

एकता प्रक्रियाप्रति असन्तुष्ट किरातीसहित विश्वभक्त दुलाल र लोकेन्द्र विष्टमगरलाई माओवादी केन्द्रको हिजाे बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकले निस्काशनको कारबाही गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ