समाजवादी फोरम र राजपा पनि सरकारमा सामेल हुने ! छलफल सकारात्मक

समाजवादी फोरम र राजपा पनि सरकारमा सामेल हुने ! छलफल सकारात्मक

  • बिहिबार, फाल्गुन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ, १० फागुन ।
संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ ।

उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ । सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भए पनि सहभागिताको बिषयमा भने अझै टुंगो लागेको छैन ।

समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुने सम्बन्धमा भएको दुई पक्षीय छलफल निकै सकारात्मकढंगले अघि बढेको बताउनुभयो ।

संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीको आधिकारिक धारणा सार्वजनिक भए सरकारमा आफूहरू पनि सामेल हुने उहाँको भनाइ छ ।
विगतमा भएका समझदारी कार्यान्वयन नहुने अवस्था रहने हो भने बेइमानीपूर्ण हुने र त्यस्तो सम्झौताको औचित्य नहुने समाजवादी फोरमको धारणा छ ।

यस्तै , राष्ट्रिय जनता पार्टी (राजपा) पनि सरकारमा सहभागीताबारे सकारात्मक रहेको जनाईएको छ ।

प्रधानमन्त्री ओली र राजपाका शीर्ष नेताबीच अनौपचारीक छलफल चलिरहेको अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले बताउनु भयो ।

संविधान संशोधन गर्ने बिषयमा पछिल्लोपटक एमालेले लचकता देखाएकोले आफुहरु सरकारमा सामेल हुनेमा सकारात्मक रहेको उहाँले बताउनु भयो ।

सत्ता नेतृत्वकर्ता दल नेकपा (एमाले)ले गठबन्धन सरकार विकास–निर्माण र समृद्धिको दिशामा अघि बढ्ने भएकाले सबै राजनीतिक दललाई सरकारमा सामेल गर्न ढोका खुल्ला राखेको बताउदैँ आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ