कांग्रेसको केन्द्रिय समिति बैठक आईतवार , सांसदको संयुक्त बैठक शनिवार

कांग्रेसको केन्द्रिय समिति बैठक आईतवार , सांसदको संयुक्त बैठक शनिवार

  • बिहिबार, फाल्गुन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौ १० फागुन ।
नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बस्ने भएको छ ।

बैठक बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने छ ।

आज बिज्ञप्ती जारी गर्दै पार्टीले बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई आग्रह गरेको छ ।
यसैबीच कांग्रेसले आजका लागि बोलाएको कार्यसम्पादन बैठक स्थगित भएको छ । कार्यसम्पादनअघि संसदीय दलको बैठक बस्ने तयारी भएको कांग्रेसले जनाएको छ ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पर्सी शनिबार बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

आजका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित गरेर त्यसअघि सांसदको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने र त्यसपछि मात्रै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ