ओली र प्रचण्डबीचको छलफल लगत्तै कार्यदलको संयुक्त बैठक सुरु

ओली र प्रचण्डबीचको छलफल लगत्तै कार्यदलको संयुक्त बैठक सुरु

  • बिहिबार, फाल्गुन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, १० फागुन ।
मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता सकिएलगत्तै पार्टी एकताका सम्बन्धमा आवश्यक दस्तावेज तयार गर्न गठित विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलको संयुक्त बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमै बसेको सो बैठकमा मन्त्रालय भागवण्डालगायतका विषयमा छलफल हुने जनाइएको छ ।

कुन दलले कुन कुन र कति मन्त्रालय लिने भन्ने विषयमा उनीहरुबीचको छलफलले निष्कर्ष निकालेमा सम्भवतः आजै मन्त्रिमण्डल विस्तार हुनेछ ।

यही फागुन ३ गते नयाँ सरकार गठन भएपनि हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीबाहेक एमालेका दुई सदस्यमात्र छन् । माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाले मूर्तरुप लिएपछि आफू सरकारमा जाने भनेपछि यही फागुन ७ गते पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारमा सहमति भएको थियो । त्यसयता दुवै दल केन्द्र सरकारमा रहने मन्त्रालयको टुंगो लगाउन र मन्त्रालय भागवण्डामा व्यस्त रहँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ