कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै , भातृ संगठनद्धारा राष्ट्रपतिको कडा आलोचना

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै , भातृ संगठनद्धारा राष्ट्रपतिको कडा आलोचना

  • बुधबार, फाल्गुन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौं, फागुन ९ ।

नेपाली कांग्रेसले भोलि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

भोलि विहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जानकारी दिनुभएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यी छ ।संसद बैठक आह्वान गरिएको जनाइएको छ । कांग्रेसले संसदीय दलको नेता चयन गर्न बाँकी नै छ ।

दलको नेतामा सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंहले चासो देखाउनु भएको पौडेलले जानकारी दिनुभयो ।

यसैबीच , नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीको कडा आलोचना गर्दै काँग्रेस नेतृत्वको अघिल्लो सरकारको निर्णयलाई कार्यान्वयन गर्न माग गरेका छन् ।

आज पत्रकार सम्मेनलन गरी आलंकारिक भूमिकामा रहनुपर्ने राष्ट्रपतिले आफ्नो भूमिकालाई बेवास्ता गर्दै सरकारपिच्छे फरकफरक व्यवहार गर्न खोजेको आरोप लगाएका हुन् ।
उनीहरुले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगर्नु संविधानको मर्म र भावना विपरित भएको बताए ।

कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष एवं सांसद उमा रेग्मीले राष्ट्रपतिले अघिल्लो सरकारले गरेको सिफारिसलाई बेवास्ता गरेको भन्दै तत्काल निर्णय सच्याउन माग गर्नुभयो ।

नेपाल टे«ड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले संविधानबमोजिम नै राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको स्पष्ट पार्दै त्यसलाई अनुमोदन नगर्नु संविधानको भावना विपरित भएको टिप्पणी गर्नुभयो ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राष्ट्रियसभा सदस्यमा अघिल्लो सरकारले गरेको सिफारिस कार्यान्वयन नभए सडक संघर्ष र कानूनी लडाइँ लड्ने चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ