काठमाडौं, फागुन ९ ।
नेपाल कम्युनिष्ट पार्टीले आज मुलुकभर कोण सभाको आयोजना गरेको छ । आफ्ना नेता तथा कार्यकतालाई विना कारण गिरफ्तार गरेको भन्दै नेकपाले आज त्यसको विरोध स्वरुप मुलुकभर कोण सभाको आयोजना गरेको हो ।
गिरफ्तार गरिएको आफ्ना नेतालाई तत्काल रिहाइको माग गर्दै हिजो बन्द गरेको नेकपाले गिरफ्तारमा परेका नेताहरुविरुद्ध झन सार्वजनिक मुद्धा लगाएपछि चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
नेकपाले पहिलो चरण अन्तर्गत आज राजधानी उपत्यका सहित मुलुकभर कोण सभा गर्न लागेको जनाएको छ । नेकपाको घोषित संघर्षका कार्यक्रम अन्तरगत भोली अन्तरक्रिया, पर्सी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन, आगामी शनिबार प्रदर्शन तथा आइतबार देश व्यापी ठूलो कार्यक्रमको आयोजना गर्ने रहेका छन् ।
शान्तिपूर्ण रुपमा कार्यक्रम गर्दा गर्दै पक्राउ परेका आफ्ना नेताहरुलाई तत्काल विनाशर्त रिहाइ नगरे त्यसको कडा प्रतिकार गर्ने नेकपाले जनाएको छ । रिहाइ नगरे अझ सशक्त कार्यक्रमको घोषणा सहित प्रतिरोध गरिने नेकपाको चेतावनी छ ।