नेकपाद्धारा संघर्षका कार्यक्रम घोषणाः गिरफ्तार नेता रिहा नभए प्रतिरोध गर्ने चेतावनी , कहिले के गर्दैछन् ?

नेकपाद्धारा संघर्षका कार्यक्रम घोषणाः गिरफ्तार नेता रिहा नभए प्रतिरोध गर्ने चेतावनी , कहिले के गर्दैछन् ?

  • मङ्लबार, फाल्गुन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौ , ८ फागुन ।
नेपाल कम्युनिस्ट पार्टीले गिरफ्तार गरिएका नेताहरुबिरुद्ध सार्वजनिक मुद्धा दायर गरेपछि थप संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

आज नेपाल बन्दको आयोजना गरेको पार्टीले गिरफ्तार गरिएका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र पोलिटब्यूरो सदस्य पदम राई ‘विकास’लाई सार्वजनिक मुद्दा लगाएपछि पहिलो चरणमा फागुन ९ देखि १३ गतेसम्म थपसंघर्षको कार्यक्रम घोषण गरेको हो ।

पार्टी महासचिव विप्लवले आज विज्ञप्ती निकालेर आजको नेपाल बन्द सफल भएको बताउँदै थप संघर्षका कार्यक्रम घोषणा गर्नुभएको हो ।

जसअन्तरगत घर्षका कार्यक्रमहरु भोली कोण सभा गर्ने , फागुन १० गते अन्तरक्रिया , ११ गते केपी ओलीको पुत्ला जलाउने , १२ गते प्रदर्शन तथा फागुन १३ गते देश व्यापी ठूलो कार्यक्रमको आयोजना गर्ने रहेका छन् ।

नेपाल बन्दमा सहयोग र्पयाउने सबैलाई धन्यवाद दिदैँ महासचिव विप्लवले राज्य आतंक र ओली सरकारको दमन विरुद्ध आयोजित आजको नेपाल बन्द आम जनता, मीत्र राजनैतिक शक्तिहरु र नेता कार्यकर्ताको समर्थन र सक्रियतामा शानदार ढंगले सफल भएको बताउनु भएको छ ।

उहाँले गिरफ्तार नेताहरुलाई रिहाको माग समेत गर्नुभएको छ । विज्ञप्तीमा भनिएको छ , बन्द सघर्षमा सहभागि सयौंको संख्यामा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने कार्य गरिएको छ । हामी ओली सरकारलाई पुनः चेतावनी दिन चाहान्छौं कि शान्तिपूर्ण कार्यक्रममा सहभागि स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लगायत बन्दका क्रममा गिरफ्तार पर्नुभएका सम्पूर्ण कमरेडहरुलाई यथाशिघ्र मुक्त गरियोस् ।
अन्यथा अझ सशक्त कार्यक्रमको घोषणा सहित प्रतिरोध गरिने चेतावनी दिदैँ विप्लवले संघर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनु पर्ने बताउनु भएको छ ।

यसैबीच , मोरङको विराटनगरमा आयोजीत आमसभामा जादै गर्दा राजवंशीचोकबाट पक्राउ गरिएका ननेताद्धयलाई जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक मुद्दा लगाएको छ ।

नेताद्धय ओली र राईलाई जनताको उपस्थितिमा जनसभा गर्न खोजेको र प्रहरीलाई गालि बेइज्यती गरेको आरोप लगाउदै प्रमुख जिल्ला अधिकारीको कार्यालय मोरङले मुद्दा दायर गरेको हो ।

तर नेताद्वय ओली र राईले विराटनगरमा हुने खुल्ला आमसभामा जादै गर्दा प्रहरीले आफुहरुलाई अन्यायपूर्ण तरीकाले गिरफतार गरेको भन्दै पक्राउ पुर्जीमा हस्ताक्षर नगरेको प्रमुख जिल्ला अधिकारीको कार्यालयले जनाएको छ ।

वर्तमान संविधान अनुसार विनाकारण २४ घण्टा हिरासतमा राख्न नपाइने कानुनी व्यवस्था भएपनि पक्राउ गरिएको ४८ घण्टा वितिसकेपछि मात्र नेताद्वयलाई सार्वजनिक मुद्दा लगाउन प्रमुख जिल्ला अधिकारीको कार्यालयमा उपस्थित गराइएको हो ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठः

राज्य आतंक र ओली सरकारको दमन विरुद्ध आयोजित आजको नेपाल बन्द आम जनता, मीत्र राजनैतिक शक्तिहरु र नेता कार्यकर्ताको समर्थन र सक्रियतामा शानदार ढंगले सफल भएको छ । बन्दलाई सफल पार्न साथ सहयोग गर्ने राजनैतिक पार्टी र आम जनतालाई हार्दिक आभार सहित धन्यवाद दिन चाहान्छौं । बन्द सघर्षमा सहभागि सयौंको संख्यामा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने कार्य गरिएको छ । हामी ओली सरकारलाई पुनः चेतावनी दिन चाहान्छौं कि शान्तिपूर्ण कार्यक्रममा सहभागि स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लगायत बन्दका क्रममा गिरफ्तार पर्नुभएका सम्पूर्ण कमरेडहरुलाई यथाशिघ्र मुक्त गरियोस्, अन्यथा अझ सशक्त कार्यक्रमको घोषणा सहित प्रतिरोध गरिने छ । संघर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनु पर्ने छ ।

घर्षका कार्यक्रमहरु

२०७४ साल फागुन ९ गते कोण सभा

२०७४ साल फागुन १० अन्तरक्रिया

२०७४ साल फागुन ११ गते केपी ओलीको पुत्ला जलाउने

२०७४ साल फागुन १२ गते प्रदर्शन

२०७४ साल फागुन १३ गते देश व्यापी ठूलो कार्यक्रम

विप्लव
महासचिव
२०७४ साल फागुन ८ गते

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ