नेपाल बन्दको दिन अहिलेसम्म कहाँबाट को को गिरफ्तार ?

नेपाल बन्दको दिन अहिलेसम्म कहाँबाट को को गिरफ्तार ?

  • मङ्लबार, फाल्गुन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ , ८ फागुन ।
नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दका क्रममा प्रहरीले देशका विभिन्न ठाउँहरुबाट कार्यकर्ता र समर्थकहरुलाई गिरफ्तार गर्ने क्रम जारी छ ।
यसैक्रममा नेकपा मोरङका सेक्रेटरी उदय राई ‘युगेन’ र दलित मुक्ति मोर्चाका केन्द्रीय सचिव जितेन्द्र मोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मोरङबाट राई सहित मजदुर नेता सागर राई र युवा जनस्वयंसेवका हरि कार्की लगायत ४ जना र सुनसरीबाट दुई जना पत्रकार सहित ६ जनालाई गिरफ्तार गरेको छ ।

ईटहरीबाट लक्षमण कार्की र निरज , धरानबाट दुर्गा सन्कर र यमालाई प्रहरीले गिरफ्तार गरेको नेकपा सुनसरीले जनाएको छ ।

यस्तै सुन्दरहरैचा नगरपालिकाको गठियाबाट नेकपाका कार्यकर्ता बालकुमार श्रेष्ठ र गोपाल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
यता काठमाडौंबाट नेकपानिकट जनगणतान्त्रिक सम्पर्क मञ्च संबद्ध अभियान राई लाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ