नेकपाको नेपाल बन्द आज , जनजिवन प्रभावित

नेकपाको नेपाल बन्द आज , जनजिवन प्रभावित

  • मङ्लबार, फाल्गुन ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाण्डौ , ८ फागुन ।
नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव विहानैबाट परेको छ । राजधानी काठमाडौंसहित देशभर लामो र छोटो दुरीका सवारी यातायातका साधनहरु चलेका छैनन् ।

शैक्षीक संस्था तथा बजार पसल पनि ठप्प छ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा आगजनी गरेका छन् ।

विराटनगरमा आईतवार भएको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पोलिट्ब्युरो सदस्य पदम राईसहित २ सय नेता(कार्यकर्ताको गिरफ्तारीविरुद्ध नेकपाले आज नेपाल बन्द आह्वान गरेको हो

यता काठमाण्डौ उपत्यकामा निजी सवजारी साधनहरु छिटफुट रुपमा चलेपनि सार्वजनिक भाडाका गाडिहरु सन्चालनमा आएका छैनन् । मुख्य शहर तथा चोक बजारमा बाक्लो मात्रामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

नेकपाको युवा जनवर्गीय संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको तेस्रो अधिवेशनमा प्रहरीले हस्तक्षेप गर्नुका साथै कार्यक्रममा सहभागीताका लागी जाँदै गरेका नेताहरुलाई बाटोबाटै गिरफ्तार गरेको थियो ।

गिरफ्तारमा परेका आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहाइ नगरिए कडा प्रतिकारमा उत्रने नेकपाको चेतावनी छ । बन्दको पूर्वसन्ध्यामा नेकपाले देशभर मसाल जुलुस निकालेको थियो ।

सो क्रममा पनि काठमाण्डौ सहित देशभरबाट करिब १ दर्जन नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ