एमाले नेताकाे गाडिबाट बालुवाटार पुगेर पाैने घण्टापछि सुटुक्कै बाहिरिए उपेन्द्र यादव

एमाले नेताकाे गाडिबाट बालुवाटार पुगेर पाैने घण्टापछि सुटुक्कै बाहिरिए उपेन्द्र यादव

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, ७ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अाज साझ सुटुक्क बालुवाटारमा पसेर बाहिरिएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको अन्तिम कसरत चलिरहेका बेला एमाले नेता अग्नि खरेलको गाडीमा चढेर यादव उनीसँगै बालुवाटार पुगेका थिए ।

खरेलसँगै बालुवाटार पुगेर अध्यक्ष यादव करिब पौने घन्टा बसेपछि त्यहाँबाट सुटुक्क बाहिरिएकाे जनाइएकाे छ । दुई वाम घटकबीच एकता वार्ता जारी रहेका बेला यादवको बालुवाटार आगमनलाई अर्थपूर्णरुपमा लिइएको छ ।

यादव र वाम दलका नेताहरुबीच सरकार निर्माणबारे छलफल भएको स्रोतले जनाएको छ । तर यसबारे वाम घटकका नेताले केही कुरा खोलेका छैनन् । दुई वाम दलले फोरमलाई पनि सरकारमा ल्याउने कोशिश गरिरहेका छन् । सुरुमा एमालेको राजनीति गरेका यादव दोस्रो जनआन्दोलनपछि फोरम स्थापना गरेर सक्रिय राजनीतिमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ