पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा जारी , अाजै हाेला एकताको मिति घोषणा ?

पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा जारी , अाजै हाेला एकताको मिति घोषणा ?

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ ,७ फागुन ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शिर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेकाे छ ।

आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन कार्यदल गठन गर्ने र पार्टी एकताको मिति घोषणा गर्ने अनुमान गरिएको छ ।यही फागुन २ गते मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी रहेकेा र साेहि बिषयमा छलफल गरि अन्तिम निर्णयमा पुग्ने नेताहरूले जनाएका छन् ।

बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।

लगातार दुई दिनसम्म एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता भएपछि आज बसेको एकता संयोजन समिति बैठकलाई निर्णायक मानिएको छ । दुई दलबीच पार्टीको सैद्धान्तिक नीति र सांगठानिक संरचनाबारे कुरा मिल्न बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ