नेकपाका गिरफ्तार नेता कार्यकर्तालाइ रिहा गर्न बैद्यकाे माग

नेकपाका गिरफ्तार नेता कार्यकर्तालाइ रिहा गर्न बैद्यकाे माग

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

७ फागुन,काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेकपाका नेता कार्यकर्ताहरुलाई एमाले नेतृत्वको सरकारले गिरफ्तार गरेकोप्रति आपत्ति जनाउदै तत्काल रिहा गर्न माग गर्नुभएकाे छ ।

विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलन बिथोल्न नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकोप्रति उहाँले निन्दा एंव भ्रत्सना गर्नुभएकाे हाे ।

सरकारद्वारा शान्तिपुर्णरुपमा हुन लागेको आन्तरिक सम्मेलनमा सहभागी नेता कार्यकर्तालाई गिरफ्तार गरेर फासिवादी चरित्र प्रस्तुत गरेको बताइएको छ ।

बैद्यले कार्यक्रममा शसस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा गरिएको ज्यादतीको बिरोध गर्दै सरकारद्वारा गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुको अविलम्ब रिहाइको लागि सरकारसंग जोडदार माग गर्नुभएकाे छ ।

रिहाइको माग गर्दै भोलि फागुन ८ गते नेपाल बन्द आव्हान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ