एमाले र माओवादीबीच पार्टी एकताको सहमति, आजै हस्ताक्षर हुनसक्ने

एमाले र माओवादीबीच पार्टी एकताको सहमति, आजै हस्ताक्षर हुनसक्ने

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं ७ फागुन ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका विवादीत विषयमा सहमति जुटेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आज भएको ‘वान टु वान’ वार्तामा पार्टी एकताको सहमति जुटेको हो ।

नेताहरुका अनुसार आजै सहमतिमा हस्ताक्षर हुनसक्ने नेताहरुले बताएका छन् ।

दुई नेताबीच भएको सहमतिलाई अन्तिम रुप दिन साँझ ७ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

स्रोतका अनुसार दुई नेताबीच पार्टीको नाम, नेतृत्व र बैचारिक राजनीतिक विषयमा सहमति जुटेको छ ।

जनताको बहुदलीय जनवाद, २१ औं सताब्दीको जनवाद, माओवाद लगायतका वैचारिक राजनीतिक विषयलाई बहसमा लैजान दुबै नेता सहमत भएका छन् ।

पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने ओली र प्रचण्ड दुबै अध्यक्ष रहनेछन् । सहअध्यक्ष वा द्वि–अध्यक्ष के भन्ने पार्टी एकता संयोजन समितिले टुंगो लगाउने एमाले उपा
ध्यक्ष बामदेव गौतमले पुष्टि गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ