नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्दलाई माओवादी केन्द्रको समर्थन

नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्दलाई माओवादी केन्द्रको समर्थन

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं , ७ फागुन । नेपाल कम्युनिस्ट पाटीले आह्वान गरेको भोलीको नेपाल बन्दलाई नेकपा (माओवादी केन्द्र)ले समर्थन गरेको छ ।

माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक गोपाल किरातीले आज विज्ञप्ती जारी गर्दै नेकपाको नेपाल बन्दमा आफुहरुको पनि समर्थन रहेको घोषणा गर्नुभएको हो ।
उहाँले सरकारले गरेको राज्य आतंकका विरुद्ध नेकपाद्वारा घोषणा गरेको भोली फागुन ८ गतेको नेपालबन्द सफल पार्न सबैमा आह्वान पनि गर्नु भएको छ ।

साथै किरातीले गणतन्त्रको रक्षाको लागि खड्क ओलीलाई दिएको फिर्ता लिएर महान जनयुद्धको उपलब्धी गणतन्त्र रक्षार्थ उभिन प्रचण्डलाई आग्रह गर्नुभएको छ ।

बिज्ञप्तीमा भनिएको छ , कुनै पनि देशभक्त तथा वामपंथी शक्ति विरुद्ध हुने राज्यको दमनलाई नजर अन्दाज गर्न सकिदैन त्यसैले नेकपा सम्बद्ध विराटनगरको शान्तिपुर्ण कार्यक्रममा खड्क ओली सरकारको राज्य आतंकको विरुद्ध प्रतिरोेधमा नेकपा द्वारा आह्वान गरेको नेपाल बन्द कार्यक्रम’लाई हाम्रो नेकपा(माओवादी केन्द्र) महाधिवेशन समूह दृढतापूर्वक नीतिगत समर्थन गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ