प्रचण्डद्धारा ओलीसँगको भेटवारे नेताहरुलाई ब्रिफिङः ठोस सहमती नभएसम्म सरकारमा नजाने अडान कायमै

प्रचण्डद्धारा ओलीसँगको भेटवारे नेताहरुलाई ब्रिफिङः ठोस सहमती नभएसम्म सरकारमा नजाने अडान कायमै

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, ७ फागुन ।
एमालेसँगको पार्टी एकता र सरकारमा सहभागीताका बिषयमा आज नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल गरेको छ ।

दुई पार्टीबीचको बैचारिक विवादलाई महाधिवेशनबाट टुङग्याउनेबारे शीर्ष नेताहरुबीच सहमती भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज पार्टीका शीर्ष नेताहरुसँग आन्तरिक छलफल गर्नुभएको हो ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको अनौपचारिक छलफलमा एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउने गरी कुराकानी भइरहेको शीर्ष नेतालाई जानकारी गराउनुभएको थियो । माओवादी केन्द्रका नेता जनार्दन शर्माका अनुसार पार्टी एकतालाई निष्कर्षमा पु¥याउने गरी कुराकानी भइरहेको छ ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग भएको सहमतिबारे ब्रिफिङ गर्नुभएको थियो ।

उक्त बैठकले पार्टी एकता संयोजन समितिको बैठकले एकता सम्बन्धी आधारभूत कुरामा सहमति जनाएमा सरकारमा जाने निर्णय पनि गरेको छ ।

जनताको बहुदलीय जनबाद, माओवाद, जनयुद्ध जस्ता विषयमा बिबाद हुँदा एकता अन्यौलमा परेपछि सरकारमा पनि सहभागी नभएको माओवादी उक्त बिषय महाधिवेशनबाट टुङग्याउने सहमती भएपछि सरकारमा जान तयार भएको हो ।

एमालेले झिकेको नयाँ बिवाद छोडेर पुरानै सहमति अनुसार अघि बढे समस्या समाधान हुने बैठकमा सहभागी नेता देव गुरुङले जानकारी दिनुभयो ।

यसअघि एमालेले जनताको बहुदलीय जनबाद अहिलेनै स्वकार गरे मात्र पार्टी एकता हुने सर्त अघि सारेपछि दुई पाटीबीचको एकता प्रकृया पछि धकेलिएको थियो । अनौपचारिक तथा एक्ला एक्लैका छलफलमा एमाले एकताका लागि तयार भएपनि पार्टी एकता संयोजन समितिको बैठकमा भने पछि हटेको माओवादीको दावी छ ।
एकता संयोजन समितिको बैठकले आवश्यक निर्णय गरेपछि मात्रै सरकारमा सहभागि हुने माओवादीका मन्त्रिहरुका विषयमा छलफल गर्ने पार्टी प्रवत्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

एकता प्रक्रियाका कारण सरकार बिस्तारमा ढिलाई भएकोमा आज साझ सम्म सहमति भए भोली सरकार विस्तार गर्नेसम्मको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ