भोली सम्ममा सरकार विस्तार गर्ने ओली प्रचण्डको तयारी: माओवादीबाट को बन्दैछ मन्त्री ?

भोली सम्ममा सरकार विस्तार गर्ने ओली प्रचण्डको तयारी: माओवादीबाट को बन्दैछ मन्त्री ?

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं ,७ फागुन ।

पार्टी एकता प्रक्रियालाई निश्कर्षमा र्पुयाउने कसरतमा रहेका एमाले र माओवादी केन्द्रबीच आज पनि छलफल हुँदैछ ।

दुई पार्टीबीचको बैचारिक विवादलाई महाधिवेशनबाट टुङग्याउने सहमती भएपनि सरकार बिस्तार लगायतका थप बिषयमा छलफल गर्न आज पनि दुई अध्यक्ष बीच वार्ता हुन लागेको हो ।

एकता संयोजन समितिको कार्यदल संयोजक सुभास नेम्वाङले सरकार बिस्तार र पार्टी एकताबारे केपी ओली र प्रचण्डबीच आज छलफल हुने जानकारी दिनुभयो ।

दुई अध्यक्षबीच छुट्टै भेटवार्तापछि मात्रै एकता संयोजन समितिको बैठक बस्नेछ । एकता प्रक्रियाका कारण सरकार बिस्तारमा ढिलाई भएको भन्दै संयोजक नेम्वाङले दुई अध्यक्षबीच आज सहमति भए भोलीसम्ममा सरकार विस्तार हुने जानकारी दिनुभयो ।
नेताहरुको पदीय व्यवस्थापन र बैचारिक एकता हुन नसक्दा माओवादीले सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ