काठमाणडौ , ७ फागुन ।नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताउनुभएको छ ।
प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसको अवसरमा आज आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताउनुभएको हो ।
“प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी कमजोर हुँदै गएको छ, त्यसैले पार्टीलाई जोगाउनका लागि नेतृत्व परिवर्तन आवश्यक छ,”– उहाँले भन्नुभयो ।
पूर्व महामन्त्री सिंहले एकतन्त्रिय राणा शासनलाई परास्त गरेर प्रजाको शासन स्थापना गर्न काँग्रेसको ठूलो भूमिका रहेको भन्दै काँग्रेसको पुरानो विरासत जोगाउन आवश्यक रहेको बताउनुयो । उहाँले पार्टी सभापति र पदाधिकारीहरु विधानअनुसार निर्वाचित भएर आउने तर निर्वाचित भएपछि विधानलाई वेवास्था गर्ने परिपाटी पार्टीभित्र रहेको भन्दै यसको अन्त्य हुनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
“निर्वाचन भएको दुई वर्ष वित्दासमेत पार्टीभित्र पदाधिकारी, विभाग र केन्द्रीय समितिको विस्तार हुन नसक्नु दुःखद कुरा हो, पार्टी विधिअनुसार चल्न नसक्दा निर्वाचनमा पराजित भएको हो,”– उहाँले भन्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको पार्टीको पराजय हुनु प्रजातान्त्रिक पद्दतीकै पराजय भएको बताउनुभयो । “ नेविसंघ बलियो भएमात्र काँग्रेस बलियो हुन्छ, पार्टी बलियो हुन भ्रातृसंस्था बलियो हुनुपर्छ,”– उहाँले भन्नुभयो । पार्टीभित्र सिद्धान्त र आदर्शको राजनीतिक गर्नेभन्दा पनि अवसरवादी राजनीतिले प्रश्रय पाएको उहाँको भनाई थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline