राष्ट्रिय युवा जनस्वयमसेवक अब योङ रेड फोर्स ,बाबुराम राईको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति गठन

राष्ट्रिय युवा जनस्वयमसेवक अब योङ रेड फोर्स ,बाबुराम राईको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति गठन

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाडौ ७ फागुन ।
प्रहरीको हस्तक्षेपका बाबजुद नेपाल कम्युनिष्ट पार्टीको युवा जनवर्गीय संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन सुनसरीमा सम्पन्न भएको छ ।

इटहरीमा सम्पन्न तेस्रो सम्मेलनबाट बाबुराम राईको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति गठन गरेको छ । सम्मेलनले संगठनको उपाध्यक्षमा मिना चलाउने र महासचिवमा दीपराज शेर्पाली चयन गरेको छ ।

यसैगरी सचिवमा देव गुरुङ, कोषध्यक्षमा प्रेम बिक चयन हुनु भएको छ । सम्मेलनले संगठनको नाम परिवर्तन गर्दै योङ रेड फोर्स नामकरण गरिएको छ । यसअघि विराटनगरस्थित गुन्द्रीबजारमा हुने भनिएको सम्मेलनमा प्रहरीले धरपकड सुरु गरेपछि इटहरीमा सारिएको संगठनले जनाएको छ ।

सम्मेलनमा जाने क्रममा गिरफ्तार गरिएका नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली सुदर्शन र पीबीएम पदम राई लगायतका केही नेता कार्यकर्तालाई अझै प्रहरी हिरासतमा नै राखिएको छ ।

उहाँहरुलाई सम्मेलनका लागि जाँदै गर्दा सोधपुछका लागि भन्दै बीच बाटोबाटै गिरफ्तार गरिएको थियो । यसैबीच नेपाल कम्युनिष्ट पार्टीले विराटनगरमा आफ्नो शान्तिपुर्ण कार्यक्रम माथि भएको धरपकड र शिर्ष नेताहरुको गिरफ्तारिको भर्तसना गरेको छ ।

पार्टी महासचिव बिप्लवले एक विज्ञाप्ती जारी गर्दै गिरफ्तार परेका आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहाइ नगनरे कडा प्रतिकारमा उत्रने चेतावनी दिनुभएको छ । पक्राउ परेका नेता कार्यकर्ता रिहाइको माग गर्दै नेकपाले भोली नेपालबन्द गर्ने घोषणा समेत गरेको छ ।

महासचिब बिप्लबले पार्टीको शान्तीपुर्ण कार्यक्रम माथिको हस्तक्षेप तथा गिरफ्तारीले पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी चरित्रलाई उदांगो पारेको बताउनु भयो । दमनकारी नीति नरोके तथा आफ्ना नेताहरुलाई निसर्त रिहा नगरे ओली सरकारको दिनगन्ती शुरु हुने चेतावनी समेत उहाले दिनुभएको छ ।

गिरफ्तार गरिएका नेता कार्यकर्तालाई तत्काल रिहाइ नगरिए ओली सरकारले नराम्रो मुल्य चुकाउनुपर्ने चेतावनी दिदैँ उहाँले अन्यथा सरकारको हस्तक्षेपकारी दमन बिरुद्ध जनता सडकमा उत्रने र त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनु पर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ