काठमाण्डौ , ६ फागुन । नेपाल कम्युनिस्ट पार्टीले विराटनगरमा भएकाे दमन प्रति कडा प्रतिक्रिया दिदैँ राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको जनाएकाे छ ।प्रहरीले अाज दिउसाे विराटनगरमा पार्टी स्थायी समिति सदस्य हेमन्त प्रकाश अाेली सुदर्शन, पाेलिटब्यूराे सदस्य पदम राईसहित दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरेपछि पार्टी महासचिव विप्लवकाे यस्ताे प्रतिक्रिया अाएकाे हाे ।
महासचिव विप्लवले अाज विज्ञप्ती निकालेर सिहदरवारमा पसेकाे चार दिन नबित्दै केपी अाेली सरकारले जनतामाथि दमनकाे सुरुवात गरेकाे भन्दै यस्ताे अराजनीतिक दमनपूर्ण चरित्र बन्द गर्न माग गर्नुभएकाे छ । गिरफ्तार नेता कार्यकर्तालाई तत्काल विनाशर्त रिहा गर्न माग गर्दै रिहा नगरेमा केपी अाेलीका विरुद्ध कडा संघर्ष सुरु गर्ने चेतावनीसमेत दिएका छन् ।
विज्ञप्तीमा भनिएकाे छ , यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ । साथै कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नांगो बनाइदिएको छ । हाम्रो पार्टी यो गिरफ्तारीको घोर भर्तसना गर्दछ । आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत मुक्त गर्न माग र आग्रह गर्दछौं । अन्यथा ओली सरकारको दिनगन्ती यही बाट शुरु भएको चेतावनी दिन चाहान्छौं ।
गिरफ्तार गरिएका सबै नेता कार्यकर्ता यही फागुन ८ गते नेपाल बन्द गर्ने घाेषाण पनि गरेकाे छ ।
राष्ट्रिय युवा जनस्वयमसेवक नेपालको तेस्रो राष्ट्रिय सम्मेलनका लागि विराटनगर पुगेका स्थायी समिति सदस्य सुदर्शन, पीबीएम पदम राई लगायतका सयाैं बढी नेता कार्यकर्ताहरुलाई प्रहरीले सोधपुछ भन्दै गिरफ्तार गरेको छ ।
अाेली र रार्इसहित २ सय बढि नेता कार्यकर्ताहरू अझै रिहा भएका छैनन् । केहिलार्इ भने छाडिएकाे छ ।
विज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ –
” आज फागुन ६ गते युवाहरुको संगठन राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन विराटनगरमा थियो । सम्मेलनको उद्घाटन गर्न हाम्रो पार्टीका स्थायी समितिका सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लयागतका नेताहरु जाँदै हुनुहुन्थ्यो । विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवन कमरेडहरुलाई गिरफ्तार गरेको छ । यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ । साथै कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नांगो बनाइदिएको छ । हाम्रो पार्टी यो गिरफ्तारीको घोर भर्तसना गर्दछ । आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत मुक्त गर्न माग र आग्रह गर्दछौं । अन्यथा ओली सरकारको दिनगन्ती यही बाट शुरु भएको चेतावनी दिन चाहान्छौं । ऐतिहासिक सम्मेलनमा जुट्नु भएका युवाहरुलाई दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवं जुझारु नेतृत्व निर्माण गर्न आव्हान गछौं ।
यदि ओली सरकारले हाम्रो आग्रहलाइै वेवास्ता गरेमा यही फागुन ८ गते नेपाल बन्द हुने जानकारी गराउँदछौं । बन्दलाई सफल गर्न युवाहरुले सम्मेलनलाई संघर्षमा बदल्न आग्रह गर्दछौं । साथै आम नेपाली न्याय प्रेमी जनतालाई राज्य आतंक विरुद्ध साथ दिएर नेपाल बन्दलाई सहयोग गर्न आव्हान गर्दछौं ।”