काठमाण्डौ,फागुन ६ ।
वाम गठबन्धनको सरकार बनेलगत्तै नेपाल कम्युनिष्ट पार्टीमाथि दमन सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको दुई दिन बित्न नपाउर्दै सरकारले नेकपाले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रम तथा समम्मेलनमा हस्तक्षेप गरि नेता कार्यकर्ताहरुमाथिको दमन सुरु गरेको हो ।
यसैक्रममा आज नेकपाको युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा हस्तक्षेप गर्दै प्रहरीले नेकपाको स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुर्दशन ,पोलिटब्युरो सदस्य पदम राई लगायत सयौ नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
सम्मेलनमा सहभागी हुन गएका सुदर्शन सहितका नेता कार्यकर्तालाई बिराटनगरकोको राजवंशी चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
आजैबाट युवा संगठनको राष्ट्रिय सम्मेलन विराटनगरको गुन्द्रिबजारमा सुरु हुन लागेको थियो । सम्मेलनको उद्घाटन अघि नै प्रहरीले हस्तक्षेप गरी नेताहरुलाई गिरफ्तार गरेको हो । यस्तै गिरफ्तार पर्नेमा केन्द्रिय नेता सहित जनस्वयमसेवकका केन्द्रीय सदस्य दिनेश, जिल्ला अध्यक्ष कुमार खतिवडा लगायतका झण्डै दुई सय बढी रहेका छन् ।
सम्मेलनमा सहभागी हुँन जादै गरेको अवस्थामा नेकपा नेताहरुलाई गाडि सहित नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यलय मोरङमा राखिएको छ ।
सम्मेलन स्थालमा सयौको सङख्यामा प्रहरी परिचालन गरि मन्च बनाउन नदिनुका साथै सहभागीहरुलाई सम्मेलन स्थलमा नै प्रवेश गर्न नदिएर गाडि सहित कार्यकर्ताहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ भने ठाँउ ठाँउबाट निस्कीएका र्यालीहरुमा हस्तक्षेप गरि पक्राउ गरेको छ ।
नेकपा मोरङ इन्चार्ज घनश्याम श्रेष्ठले जनस्यमंसेवकको महाधिवेशनमा सहभागी हुन आएका नेता कार्यकर्तालाई कानेपोखरी,वेलवारी,केरावारी विराटनगरको राजवंशी चौक सुनसरीको इनरुवा लगायतका स्थानवाट प्रहरीले नियन्त्रणमा लिईएको जानकारी दिनुभयो ।
१६ वटा गाडीमा रहेको महाधिवेशन प्रतिनीधिलाई गाडिसहित विभिन्न प्रहरी चौकीमा थुनेर राखेको उहाँले बताउनु भयो । मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरी कोईरालाले उनीहरुलाई सोधपुछका लागि मात्र नियन्त्रणमा लिएको बताउनु भयो । तर गिरफ्तार गरि जिप्रका मोरङ पुर्याईएका नेकपा नेताहरुले भने नियन्त्रणमा लिएको पाँच घण्टा भईसक्दा पनि कसैलाई सोधपुछ नगरेको बताउनु भयो ।
अहिले पनि प्रहरीले ठाँउ ठाँउ बाट नेकपा नेता कार्यकर्तालाई नियन्त्रणमा लिने क्रम जारी छ ।
यसैबीच शान्तिपूर्ण तथा वैधानिक रुपमा गरिएको कार्यक्रम माथि अघोषित प्रतिबन्ध लगाउदै गैरकानुनी रुपमा आफ्नो नेता तथा कार्यकर्तालाई गिरफतार गरेको भन्दै नेकपाले आपत्ती जनाएको छ ।
नेकपाका प्रवक्ता प्रकाण्डले केपी ओली सरकारमा आउने बित्तिकै यस खालको गिरफ्तारीका श्रृङ्खला सुरु गरिनु निन्दनीय रहेको बताउनु भयो ।
उहाँले युवाको राष्ट्रिय सम्मेलन शान्तिपूर्ण रुपमा सम्पन्न हुन दिन र गिरफ्तार नेताहरुलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ ।
रिहा नगरिए ओली सरकारले नराम्रो मुल्य चुकाउनुपर्ने चेतावनी दिदैँ उहाँले अन्यथा सरकारको हस्तक्षेपकारी दमन बिरुद्ध जनता सडकमा उत्रने र त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनु पर्ने बताउनु भयो ।
यसैबीच पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्दै विराटनगर , सुनसरी , झापा लगायतका जिल्लाहरुमा प्रदर्शन समेत भएको छ ।
