नेकपाका नेता सुदर्शन र बिकाश सहित दर्जनौ गिरफ्तार , तत्काल रिहा नगरे सडकमा उत्रने चेतावनी

नेकपाका नेता सुदर्शन र बिकाश सहित दर्जनौ गिरफ्तार , तत्काल रिहा नगरे सडकमा उत्रने चेतावनी

  • आइतवार, फाल्गुन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं ,फागुन ६ ।
नेपाल कम्युनिष्ट पाटी निकट राष्टिय युवा जनस्वयमसेवकले राष्टिय सम्मेलनको कार्यक्रम गरिरहदा प्रहरीले हस्तक्षेप गरेर केन्द्रिय नेता सहित दर्जनौै कार्यकर्ता गिरफ्तार गरेको छ ।

जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनको विराटनगरमा हुँदै गरेको उद्घाटन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

सो क्रममा प्रहरीले नेकपाको स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुर्दशन ,पोलिट ब्युरो सदस्य पदम राई , युवाको जिल्ला अध्यक्ष कुमार खतिवडा , बिद्यार्थीको जिल्ला अध्यक्ष नवराज सहित दर्जनौ नेता कार्यकर्ता गिरफ्तार गरेको छ ।

सम्मेलनमा सहभागी हुँन जादै गरेको अवस्थामा नेकपा नेताहरुलाई गाडि सहित नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यलय मोरङमा राखिएको छ ।

सम्मेलन स्थालमा सयौको सङख्यामा प्रहरी परिचालन गरि मन्च बनाउन नदिनुका साथै सहभागीहरुलाई सम्मेलन स्थलमा नै प्रवेश गर्न नदिएर गाडि सहित कार्यकर्ताहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ भने ठाँउ ठाँउबाट निस्कीएका र्यालीहरुमा हस्तक्षेप गरि पक्राउ गरेको छ ।

यसैबीच शान्तिपूर्ण तथा वैधानिक रुपमा गरिएको कार्यक्रम माथि अघोषित प्रतिबन्ध लगाउदै गैरकानुनी रुपमा आफ्नो नेता तथा कार्यकर्तालाई गिरफतार गरेको भन्दै नेकपाले आपत्ती जनाएको छ ।

पार्टीका प्रवक्ता खड्का बहादुर विश्वकर्मा प्रकाण्डले त्यस्तो हर्कत नगर्न प्रहरी प्रशासनलाई कडा चेतावनी दिदै गिरफ्तार नेताहरुलाई तत्काल बिनासर्त रिहा गर्न माग गर्नुभएको छ ।

प्रवक्ता प्रकाण्डले शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप , दमन र घेराबन्दीले पार्टीलाई आक्रोशीत बनाएको बताउनुभएको छ ।
उहाँले सरकारलाई यस्तो हर्कत तकाल बन्द गर्न चेतावनी समेत दिनुभएको छ ।
अन्यथा सरकारको हस्तक्षेपकारी दमन बिरुद्ध जनता सडकमा उत्रने र त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनु पर्ने उहाँको चेतावनी छ । बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ