मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सार्वजनिक गरे यस्ता योजना

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सार्वजनिक गरे यस्ता योजना

  • शुक्रबार, फाल्गुन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ , ४ फागुन ।

६ नम्बर प्रदेशको मुख्यमन्त्री बनेका माओवादी नेता महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य पर्यटनलाई विशेष ध्यानदिदै समृद्ध प्रदेश बनाउने योजना सार्वजनिक गरेका छन् ।

शुक्रवार मुख्यमन्त्रीमा सपथ लिएपछि उनले ६ नम्बर प्रदेशमा रहेका प्रत्येक स्थानीय तहमा सडक सञ्जाल र विद्युतको पहुँच विस्तार गर्ने योजना सार्वजनिक गरेका हुन् ।
यस्तै उनले दक्ष जनशक्ति उत्पादनका लागि हरेक विधाका शैक्षिक संस्थाको विकास गरी योग्य जनशक्ति उत्पादन गर्ने र रोजगारीको वाताबरण बनाउने , प्रदेशका प्रत्येक जिल्लामा सुविधा सम्पन्न अस्पतालहरुको विकास गर्ने पनि जनाएका छन् ।

मानसरोवर, छायानाथ, कैलाश पर्बत, राराताल, शे फोक्सुडोताल, सुर्खेतको काक्रेविहार, कालिकोटको त्रिबेणी, दैलेखको ज्वाला केन्द्र जस्ता कर्नाली प्रदेश भरीका साना ठूला सबै धार्मिक तथा प्राकृतिक क्षेत्रहरुलाई पर्यटक क्षेत्रको रुपमा विकास गर्ने पनि उनको योजनामा परेको छ ।
साथै मुख्यमन्त्री शाहीले कर्नाली प्रदेश हिमालय पर्बतको बढी प्रभाव क्षेत्र भएकाले अहिले ब्याप्त बढ्दो जलबायु परिवर्तनले पारेको असरलाई नियन्त्रण गर्न यो प्रदेशलाई ग्रिन प्रदेशको रुपमा विकास गर्ने पनि योजना रहेको जनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ