“एमाले माओवादमा आउँदैन, माओवादी केन्द्र पनि जबजमा आउँदैन”: बरू एकता नै गरिदैँन- महरा

“एमाले माओवादमा आउँदैन, माओवादी केन्द्र पनि जबजमा आउँदैन”: बरू एकता नै गरिदैँन- महरा

  • शुक्रबार, फाल्गुन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

४ फागुन,काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता एकअर्कामा विलय हुन नसक्ने बताएका छन् ।
कुटनीति अध्ययन संस्था नेपालले शुक्रबार संवाद डबलीमा ‘नेपालको कुटनीति र कुटनीतिशास्त्र’ विषयमा अन्तरक्रियामा महराले उक्त कुरा बताएका हुन् ।

“मुख्य कुरा विचारको हो, माओवादी केन्द्रले माओवादलाई मान्दै आएको छ भने एमालेले जबजलाई सिद्धान्तको रुपमा मान्दै आएको छ । हामीले दुबैलाई छलफलमा लैजाउ भनेका छौँ तर एमाले जबज मान्नुपर्छ भन्दै आएको छ, यो सम्भव छैन” महराले भने ।

प्रा.डा. गोपाल सिवाकोटीद्वारा लिखित ‘कुटनीतिशास्त्र’ को विमोचन गर्दै माओवादी केन्द्रका वरिष्ठ नेता समेत रहेका महराले आफ्नो पार्टीले जबज मानेर एकता नगर्ने बताए । “एमाले पनि माओवादमा आउँदैन, त्यसैगरी माओवादी केन्द्र जबजमा आउँदैन” महराले भने, ‘एकता भनेको दु्वैले नयाँ ठाउँमा जाने हो ।’

एकता भाँड्न केही तत्व लागिरहेको बताउँदै कार्यक्रममा बोल्दै महराले “एकता नचाहने शक्ति भाँड्न ओली र प्रचण्डलाई एकता नचाहने शक्तिलाई उचालिरहेको छ” उनले भने । पुस्तकमाथि चर्चा गर्दै पूर्वपरराष्ट्रमन्त्री महराले नेपालको परराष्ट्र नीति परम्परागत ढर्राको भएको बताए । उनले नेपाल गणतन्त्रमा पुगिसक्दा पनि परराष्ट्र नीति पुरानै भएका कारण विदेशीहरुले हस्तक्षेप बढाएको बताए ।

“नेपाल जनयुद्ध हुँदै गणतन्त्रमा पुगिसकेको छ तर परराष्ट्र नीति परम्परागत छ । विदेशीहरुले पराष्ट्र मन्त्रालयको अनुमति नलिएरै अन्य मन्त्रालयमा सिधै सम्पर्क गर्छन् । परराष्ट्रले रोक्न खोज्छ तर वैज्ञानिक कारण दिन नसक्दा रोकिएको छैन” महराले भने । उनले पुस्तकले कुटनीति क्षेत्रमा नयाँ बहस सिर्जना गरेको धारणा समेत राखे ।

पैरवी प्रकाशन प्रकाशक रहेको पुस्तक कुटनीति अध्ययन संस्थानले सार्वजनिक गरेको हो । पुस्तकमाथि प्रा.डा.राजकुमार पोखरेल, कुटनीतिक अध्येता मात्रिका पौडेलले समीक्षत्मक चर्चा गरेका थिए भने संस्थाका महासचिव डा. दीपेन्द्र रोकायाले कार्यक्रम संचालन गरेका थिए ।

हालै जिल्ला प्रशासन काठमाडौमा दर्ता भएको उक्त संस्थाका अध्यक्ष प्रा.डा. गोपाल शिवाकोटी, उपाध्यक्ष प्रा.अमन श्रेष्ठ, महासचिव डा. दीपेन्द्र रोकाया, सचिव रञ्जना राई, कोषाध्यक्ष चेतलाल कुँवर रहेका छन् । त्यसैगरी संस्थाका सदस्यहरुमा प्रा.डा.राजकुमार पोखरेल, वरिष्ठ अधिवक्त बोर्णबहादुर कार्की, प्रा.भीमनाथ रेग्मी र देवकी तिमल्सिना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ