४ फागुन, काठमाडौं । एमाले उपाध्यक्ष तथा ३ नम्बर प्रदेश कमिटी संयोजक अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री डोरमणि पौडेललाई प्रदेश कमिटीलाई उपेक्षा गरेर माथिल्ला नेताहरुको निर्देशन खोज्दै नहिड्न सुझाव दिनुभएको छ ।
प्रदेश कमिटी सचिवालय बैठकमा मुख्यमन्त्री पौडेललाई उहाँले प्रदेश कमिटीसँग समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको हो ।
संसदीय दलको नेतामा पौडेलसँग शाक्य पराजित हुनुभएकी शाक्यले प्रदेश संयोजकको हैसियतबाट पूरा सहयोग गर्ने आश्वासनसमेत दिनुभयो ।
जवाफमा मुख्यमन्त्री पौडेलले आफू पार्टीसँग समन्वय गरेरै काम गर्ने पक्षमा रहेको बताउनुभएको थियो ।
प्रदेश कमिटीले प्रदेश सरकारको नीति तथा कार्यक्रम तय गर्न विज्ञहरुसहित छलफल गर्न लागेको शाक्यले बताउनुभयो ।
सबै जिल्लाहरुबाट राय लिएर विज्ञको सुझावसहित प्रदेश सरकारको तत्कालिन र दीर्घकालिन नीति कार्यक्रम बनाइने पनि उहाँले बताउनुभयो ।
यसैबीच एमालेको प्रदेश ३ कमिटीले प्रदेश कमिटी र प्रदेश सरकारको सम्बन्ध र समन्वय कस्तो हुने भन्ने सन्दर्भमा प्रस्ताव बनाएर स्थायी कमिटीमा पेश गर्ने तयारी गरेको छ ।