एमाले प्रदेश ७ मा दलको नेता चुन्ने जिम्मा रावललाईः यी हुन् आकांक्षी

एमाले प्रदेश ७ मा दलको नेता चुन्ने जिम्मा रावललाईः यी हुन् आकांक्षी

  • शुक्रबार, फाल्गुन ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

४ फागुन, डोटी ।
एमालेले प्रदेश ७ को संसदीय दलको नेता सहमतीमा चुन्ने निर्णय गर्दै त्यसको जिम्मा केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ७ का संयोजक भीम रावललाई दिएको छ ।

आज विहान बसेको प्रदेश ७ को संसदीय दलको बैठकले आकांक्षी सांसदहरुसँग परामर्श गरी संसदीय दलको नेता तोक्न प्रदेश संयोजक भीम रावललाई दिइएको हो ।

आकांक्षी धेरै भएपछि पार्टी पद्धति, अन्य प्रदेशहरुमा भएका अभ्यासहरु, योग्यता, सांगठनिक मर्यादा लगायतका कुराहरुलाई ध्यानमा राख्दै संसदीय दलको नेता चुन्न रावलाई दिईएको सांसद पूर्णा जोशीले जानकारी दिनुभयो ।

संसदीय दलको बैठकमा सांसदहरु प्रकाशबहादुर शाह, दीर्घ सोराडी, पठान सिंह बोहरा र लिलाधर भट्टले संसदीय दलको नेताका लागि आकांक्षा देखाएका थिए ।

सम्भवत आज साझ या भोलिसम्म संसदीय दलको नेता चयन भइसक्ने उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ