काठमाण्डौ , ४ फागुन ।
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण लिनुभएको छ ।
आज बिहान आयोजित एक समारोहका बीच उहाँलाई प्रदेश प्रमुख बाबुराम कुँबरले शपथ गराउनु भएको हो ।
प्रदेश ४ का एमाले संसदीय दलका नेता गुरुङ गत माघ २९ गते नै मुख्यमन्त्रीमा नियुक्त भएपनि आफन्तको निधन भएपछि आज मात्रै शपथ लिनुभएको हो ।
शपथलगत्तै गुरुङले दुई सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मुख्यमन्त्री गुरुङको सिफारिसमा एमाले सांसद् रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बन्नुभएको हो ।
दुबै मन्त्रीले पनि आजै शपथ लिएका छन् । मुख्यमन्त्री गुरुङले उहाँलाई शपथ गराउनुभएके हो ।
तर, माओवादी केन्द्रले मन्त्री पठाएन । मन्त्री बन्ने आकांक्षीहरु धेरै भएका कारण माओवादीले नाम पठाउन नसकेको एक नेताले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline