नवनियुक्त प्रधानमन्त्री ओलीद्धारा सपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री ओलीद्धारा सपथ ग्रहण

  • बिहिबार, फाल्गुन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

काठमाडौ ३ फागुन ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ४१ औ प्रधानमन्त्रीको रुपमा आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताका शपथ गराउनुभएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभयो । समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सहभागिता थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट राजनीनामा दिएको केही बेरपछि नै राष्ट्रपतिले प्रतिनिधिसभामा बुहमत प्राप्त दल एमालेका अध्यक्ष ओलीलाई आज बिहान प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । भण्डारीले संविधानको धारा ७३ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

प्रतिनिधिसभामा एमालेको १ सय २१ र माओवादी केन्द्रको ५३ गरी १ सय ७४ सिट छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्छ ।
प्रतिनिधिसभामा वाम गठबन्धन दुई तिहाई नजिक छ । नवनियुक्त प्रधानमन्त्री ओलीले एक महिनाभित्र संसदमा विश्वासको मत लिनु पर्नेछ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरु आज बिहान शितल निवास पुगेर ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न आग्रह सहितको पत्र राष्ट्रपति भण्डारीलाई बुझाएका थिए ।

संसदमा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै एमालेले ओलीलाई पार्टीको संसदीय दलको नेतामा चयन गरेको छ ।
एमाले केन्द्रीय कार्यालयमा आज अध्यक्ष ओलीलाई पार्टी नेता माधवकुमार नेपालले संसदीय दलको नेतामा प्रस्ताव गरेपछि ओली सर्वसम्मत रुपमा नेता चयन हुनुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ