प्रदेश १ र ५ मा मुख्यमन्त्रीद्धारा सपथ ग्रहण: तीन सदस्यीय मन्त्रिमण्डल विस्तार

प्रदेश १ र ५ मा मुख्यमन्त्रीद्धारा सपथ ग्रहण: तीन सदस्यीय मन्त्रिमण्डल विस्तार

  • बिहिबार, फाल्गुन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौ ३ फागुन ।
प्रदेश नम्बर दुई र पाच का मुख्यमन्त्रीले आज सम्बन्धित प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

सपथ लगत्तै मुख्यमन्त्रीले सानो आकारको मन्त्रीमण्डल पनि बिस्तार गरेका छन् ।

प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा नियुक्त हुनु भएका मोहम्मद लालबाबु राउतले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट सपथ लिनुभयो ।

राजपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएका उहाँले आजै तीन सदस्यीय मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ ।

संघिय समाजवादी फोरमका विजय यादवलाई अर्थ र राजपाका जितेन्द्र सोनललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिईएको छ । नवनियुक्त मन्त्रीहरुले मुख्यमन्त्री राउतवाट सपथ लिनुभएको छ ।

यस्तै प्रदेश नं. ५ मा मुख्यमन्त्री शंकर पोखरेलले पनि प्रदेश प्रमुख उमाकान्त झाबाट पद तथा गोपनियताको सपथ लिंनुभयो ।

पोख्रेलले पनि तीन सदस्यीय मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ । संसदीय दलका नेता समेत रहनुभएका माओवादीका कुलप्रसाद केसीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र एमालेका वैजनाथ चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ