काठमाडौं, फागुन २ ।
नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले आज पार्टी एकताको अन्तिम खाकामा सहमती जुटाउने तयारी गरेका छन् ।
दुइ पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच दुइ दिनदेखि भएको गोप्य वार्ताको समझदारी अनुसार आज पार्टी एकता संयोजन समितिको बैठक मार्फत पार्टी एकताको विषयको अन्तिम खाकामा सहमती जुटाउने तयारी भएको हो ।
बैठक ललितपुरको मानभवनमा बस्ने तयारी भए पनि समय भने तय गरिएको छैन । बैठकमा सरकार तथा पार्टी नेतृत्व, विचार तथा सिद्धान्तका विष्यमा केहि विषय टुंगो लगाउन बाँकी रहेकाले संगठानात्मक र वैचारिक कार्यदल गठन गरेर मूलभूत विषयमा सहमति जुटाउने बताइएको छ ।
अध्यक्षद्धयबीच भएको वार्तामा पार्टी नेतृत्वमा बराबरी हिस्सा रहने गरि दुइ सदस्यीय संयन्त्र बनाउने र एउटा पार्टीले सरकारको नेतृत्व गर्दा अर्काेले पार्टीकोे नेतृत्व गर्ने, अढाई–अढाई वर्ष आलोपालो सरकारको नेतृत्व गर्ने, दुवै पार्टीले अंगीकृत गर्दै आएका विचारका मिल्दो विषय अहिले नै टुंग्याएर जाने र बाँकी विषय महाधिवेशनबाट हल गर्ने समझदारी भएको थियो ।