के ओलीले पेरिसडाँडाबाट “महान जनयुद्ध दिवस जिन्दावाद”को नारा घन्काउलान् ?यसो भन्छन् एमालेजन !

के ओलीले पेरिसडाँडाबाट “महान जनयुद्ध दिवस जिन्दावाद”को नारा घन्काउलान् ?यसो भन्छन् एमालेजन !

  • मङ्लबार, फाल्गुन १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ , १ फागुन ।
एकिकृत नेकपा माओवादीले मंगलवार २३ औ जनयुद्ध दिवशको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना हुने चियापान तथा सांस्कृतिक कार्यक्रममा माओवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि निमन्त्रणा गरेकोे छ ।
पार्टी एकीकरण प्रक्रियामा अघि बढिरहेका बेला माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले ‘जनयुद्ध दिवस’ को अवसरमागर्न लागेको उक्त कार्यक्रममा सहभागी हुन ओलीलाई निमन्त्रणा गरिएको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले बताउनु भयो । कार्यक्रममा ओली उपस्थित भए अध्यक्ष प्रचण्ड र ओलीले सामूहिक रुपमा सम्बोधन गर्ने गर्ने तयारी पनि छ ।
तर ओली उक्त कार्यक्रममा सहभागी हुने या नहुने भन्नेबारे केहि बताईएको छैन ।
यदि ओली उक्त कार्यक्रममा उपस्थित भए एमालेको जनयुद्धलाई हेर्ने दृष्टिकोण मात्र हुने छैन , पार्टी एकताकोबारेमा पनि प्रष्ट हुने चर्चा चलिरहेको छ ।
यदि ओलीलाई प्रमुख अथिती बनाएर”महान जनयुद्ध जिन्दावाद “भन्ने नारा घन्काईयो भने नेपाली राजनितिमा अनौठो र आश्चर्यजनक घटना पनि हुन सक्छ । तर के ओलीले जनयुद्ध दिवसलाई सहि थियो भन्ने आत्मासत गर्दै महान जनयुद्ध जिन्दावादको नारा घन्काउलान् त ? हेर्न बाकीँ नै छ ।

ओली केगर्छन् भन्ने जिज्ञासा एमाले भित्रकै नेताहरुले पनि चाखलाग्दो तरिकाले हेरिरहेका छन् । यो कार्यक्रममा सहभागी भएर बिबादमा तानिनुभन्दा विकास निर्माण तथा मुलुकको सम्बृद्धिको मुद्धामा केन्द्रित हुन ओलीलाई सुझाव सहित केहि नेताहरुले सार्वजनिक रुपमा अभिब्यात्ति नै दिए । त्यसैमध्ये एक पर्छन् एमाले युवा नेता निर्मल भट्टराई । उनले ओली प्रचण्ड जस्ता राजनेतालाई विगतको मुद्धामा मुछ्नुभन्दा देशको आर्थिक सम्बृद्धि , अग्रगति र समाजवादको यात्रा तय गर्ने सहज वातावरणको खोजी गर्नुपर्ने तर्क अघि सारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी