काठमाडौं , २९ माघ ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले स्वाधिन राष्ट्र र समृद्ध नेपाल निर्माणको अभियानमा सहयोग गर्न प्रवासी नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँले बिगतको १० वर्षीय जनयुद्ध तथा शान्ति प्रक्रियामा पार्टी भित्रको भीषण दुई लाइन संघर्षमा प्रवासले पुर्याएको योगदानको प्रशंसा गर्दै अबको एकीकृत जनक्रान्तिमा पनि साथ सहयोग रहनेमा विश्वास पनि व्यक्त गर्नु भयो ।
भारतस्थित नेपालीहरुको संगठन “प्रवासी नेपाली जनसमाज भारत“ अन्तर्गत दिल्ली राज्य समितिको प्रथम राज्य सम्मेलनको घोषणा सभालाई सम्बोधन गर्दै उहाँले राष्ट र जनतालाई लुटेर राष्टघातमा संलग्न भएकाहरुलाई जनताको अदालतमा ल्याएर कारबाही गर्नुपर्ने बताउनुभयो ।
एमाले माओवादीको गठबकन्धन ‘समाजिक दलाल पुजीवाद’ भएको तर्क गर्दै उहाँले चिल्ला नारा दिएर चुनावी परिणाम आफ्नो पक्षमा पारेपछि दोहोरो कर प्रणालीबाट जनतालाई लटिरहेको बताउनु भयो ।
जनसमाजको प्रथम सम्मेलनले लालबहादुर कुवरको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
जसमा उपाध्यक्ष दिल्लीराज पोखरेल, सचिव हिरालाल वि.क, सह–सचिव विष्णु जिसी र कोषाध्यक्ष माधव आरके निर्वाचित हुनुभएको छ ।