आयोगद्वारा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष पेश

आयोगद्वारा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष पेश

  • आइतवार, माघ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं , २८ माघ ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्रतिवेदन आज राष्ट्रपति समक्ष पेश गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव सहितको प्रतिनिधिमण्डलले राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेश गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रियसभा निर्वाचन अध्यादेश, २०७४ को दफा ५९ बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते सम्पन्न भएको थियो ।

निर्वाचन मत परिणामको प्रतिवेदनमा विजयी उम्मेदवारको नाम, दलगत र निर्वा्चित समावेशिताको अवस्थालगायत विवरण समेटिएको छ ।

प्रतिवेदन बुझाउदै डा यादवले आयोगले राष्ट्रपतिको मार्ग्निर्देशनअनुसार काम गरी स्वच्छ र निष्पक्ष रुपमा निर्धा्रित समयमै निर्वाचन गराउन सफल भएको अवगत गराउनुभएको थियो । जवाफलमा राष्ट्रपति भण्डारीले आयोगले स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिनुभयो ।

गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको मतपरिणाम भने आयोगले आगामी फागुन ५ गतेभित्र राष्ट्रपतिलाई बुझाइसक्ने जनाइएको छ ।
आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मतपरिणामको सिट बाँडफाँटसहित शुक्रबार तीन दिनको समय दिएर राजनीतिक दललाई पत्राचार गरेको छ ।

दुवै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिला सदस्यको सहभागिता सुनिश्चित गर्नुपर्ने कानूनी बाध्यताका कारण आयोगले यसअघि प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गर्न सकेको थिएन ।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचन यही माघ २४ गते भएपछि मात्र आयोगले प्रतिनिधिसभाको मतपरिणामको सिट बाँडफाँटसहित राजनीतिक दललाई पत्राचार गरेको हो । संविधानको धारा ८३ मा प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका ‘संघीय संसद्’ रहेको उल्लेख छ ।

संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ