प्रदेश ४ मा एमालेले आज संसदीय दलको नेता चयन गर्दै, को-को छन् दाबेदार ?

प्रदेश ४ मा एमालेले आज संसदीय दलको नेता चयन गर्दै, को-को छन् दाबेदार ?

  • आइतवार, माघ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

पोखरा, माघ २८ । प्रदेश नम्बर ४ मा मूख्यमन्त्रीको भाग पाएको नेकपा एमालेले आज आफ्नो संसदीय दलको नेता चुन्दैछ ।

संसदीय दलको नेता चुन्न सकसमा परेको एमालेले सहमति नबनेपछि चुनावी प्रक्रियाबाटै नेता टुंगो लगाउन लागेको हो ।

मूख्यमन्त्री बन्ने दौडमा एमाले प्रदेश–४ का संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङबीच निकै प्रतिस्पर्धा छ ।

किरण गुरुङ तनहुँ–२ (ख) बाट र पृथ्वीसुब्बा गुरुङ लमजुङ (ख) बाट निर्वाचित हुनुभएको हो । प्रदेशमा एमालेका २७ सदस्य छन् ।

माओवादी केन्द्रले भने प्रदेशसभा संसदीय दलको बैठकमार्फत् सभामुख, संसदीय दलको नेतालगायत पदको जिम्मेवारी टुंगो लगाएको छ ।

पर्वतको प्रदेश सभा क का सांसद नेत्रनाथ अधिकारीलाई सभामुख बनाउने निर्णय गरिएको छ भने संसदीय दलको नेतामा हरिबहादुर चुमान र उपनेता रामजी बराललाई बनाइएको छ ।

प्रमुख सचेतक गायत्री गुरुङ र सचेतकमा चन्द्रबहादुर बुढालाई तोकिएको छ । सभामुख चुन्न प्रदेशसभामा फागुन ३ गते निर्वाचन हुँदैछ ।

प्रदेशसभामा १५ सांसद रहेको नेपाली कांग्रेसले भने अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । नेता बन्ने आकांक्षीमा कृष्णचन्द्र नेपाली, मणिभद्र शर्मा र बिन्दुकुमार थापा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ