काठमाडौँ, २६ माघ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक आज बस्दै छ ।
राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको तेस्रो दिनमै सभापति शेरबहादुर देउवाले केन्द्रीय समिमिको बैठक बोलाउनुभएको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।
बैठकमा सरकार हस्तान्तरण, प्रदेश संसदीय दलको नेता चयन गर्ने विषयमा समेत छलफल हुने केसीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline