पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै

पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै

  • शुक्रबार, माघ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, २६ माघ ।
एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया लगायतका बिषयमा छलफल गर्न एकता संयोजन समितिको बैठक बस्दै छ ।

पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याएर सरकार गठनको मार्गप्रशस्त गर्ने विषयमा आजको बैठकमा छलफल हुने जनाईएको छ ।

हिजो एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताबारे भएको छलफललाई मुर्त रुप दिन आज एकता संयोजन समितिको बैठक बोलाईएको हो ।

आजको बैठकमा पार्टी एकताका सम्बन्धमा हालसम्म भएका प्रगति तथा भावी कार्ययोजनाका विषयमा छलफल गर्ने तथा वैचारिक तथा राजनीतिक विषयमा मतैक्यता कायम गर्न र सांगठनिक रुपमा मिलान गर्न समिति गठन गर्ने तयारीका बिषयमा छलफल गर्ने कार्यसूची छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ