नेकपा र क्रान्तिकारी माओवादीको ताजा निर्णयः एमाले माके दक्षिणपन्थी जोरजुलुमलाई ठाडो चुनौति !

नेकपा र क्रान्तिकारी माओवादीको ताजा निर्णयः एमाले माके दक्षिणपन्थी जोरजुलुमलाई ठाडो चुनौति !

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै संयुक्त संघर्ष गर्ने

  • बिहिबार, माघ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाण्डौ , २५ माघ ।

नेपाल कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी) माओवादीबीच तत्काल कार्यगत एकताको पहल गरी संयुक्त संघर्षलाई अगाडि बढाउने सहमती भएको छ ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले आज संयुक्त विज्ञप्ती निकालेर राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा समस्यालाई लिएर सञ्चालन गरिंदै आएका सङ्घर्षका संयुक्त कार्यक्रमलाई थप व्यवस्थित गरी अगाडि बढ्ने सहमती भएको जानकारी गराउनु भएको छ ।

त्यसका लागी वामपन्थी, प्रगतिशील, जनतान्त्रिक तथा देशभक्त शक्तिहरुसित आवश्यक समझदारी बनाई संयुक्त मोर्चा निर्माणको निम्ति शीघ्र पहल गर्ने पनि सहमती भएको छ ।

हालै सम्पन्न दुई पार्टिका शिर्ष नेता सम्मिलित उच्चस्तरीय बैठकले गरेका निर्णयकोबारेमा जानकारी दिन प्रकाशित विज्ञप्तीमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरुका बीचको एकता अनिवार्य भएकाले यसलाई अगाडि बढाउन आवश्यक पहल गर्ने निर्णय भएको जनाईएको छ ।

साम्राज्यवादी शासकहरुले आ–आफ्ना दलाल तथा भरौटेहरुको सहयोगमा नेपालमा आर्थिक, राजनीतिक तथा सांस्कृतिक हस्तक्षेप गर्दै आएको भन्दै पछिल्लो समय तराईका बिभिन्न स्थानमा भएको सिमा अतिक्रमण तथा भारतीय बिदेशमन्त्री सामु गरिएको नाङगो दलालीले यसलाई प्रष्ट पारेको बिज्ञप्तीमा उल्लेख छ ।

भारतीय शासक वर्गले १९५०को असमान सन्धि र त्यसपछिका बिभिन्न सम्झौतामार्फ नेपालको जलस्रोत तथा व्यापारिक हस्तक्षेप बढाउनुका साथै सीमा अतिक्रमणगर्ने कार्य पनि जारी राखेको जनाईएको छ ।

माथिल्लो कर्णाली, अरुण ३ पुनः भारतीय ठेकेदार कम्पनीलाई सुम्पने देउवा सरकारको पछिल्लो निर्णय, बीरगञ्जको छपकैयामा भएको भारतीय सीमा अतिक्रमण, नेपाली सामानलाई भारतीय बजारमा पैठारी गर्न रोक लगाउने लगायतका निर्णयले राष्ट्रिय स्वाधिनतामाथिको खतरा झन बढेको दुई पार्टीको निश्कर्ष छ ।

खाद्यान्न, तरकारी लगायत उपभोग्य वस्तुको मूल्य बृद्धि , बेरोजगारी लगायतका समस्या विकराल बनिसक्दा पनि कथित संविधानले उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका समस्यालाई सम्बोधन गर्न नसकेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ , यी समस्यालाई अब बन्ने भनिएको सरकारले पनि सम्बोधन गर्न सक्दैन । यो कुरा केही दिन अगाडि भारतीय परराष्ट्र मन्त्रीले नेपाल भ्रमण गरेको बेला कथित बामगठबन्धनका नेताहरुले देखाएको निकृष्ट दलालीको रवैयाबाट प्रस्ट हुन्छ ।

वाम एकता ,वाम गठबन्धन, वाम सरकार र समाजवादको आकर्षण नारा दिएर चुनावी परिणाम आफ्नो पोल्टामा पार्न सफल एमाले माके गठबन्धनले जनतालाई धोका दिँदै सत्ताका लागी बिदेशीको दलाली गरिरहेकै बेला त्यसलाई चुनौति दिदै क्रान्तिकारी कम्युनिष्टहरुको यो निर्णय बाहिर आएको हो ।

दुई पार्टीबीचको सहमती र कदमलाई नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने साहशिक कदमको रुपमा हेरिएको छ ।
साथै दुवै पार्टीले क्रान्तिकारी धुर्वीकरण एवं एकताको प्रकृयामा सहभागी हुने क्रान्तिकारीसंग मिलेर आगामी जनयुद्ध दिवस र शहीद सप्ताहलाई केन्द्र र विभिन्न जिल्लाहरुमा संयुक्त रूपमा मनाउने निर्णय गरिएको छ ।

राष्ट्रियता र जनविविकाका मुद्धमा गरिने सङघर्षमा सबै श्रमिक, किसान लगायतका वर्ग र जनसमुदायलाई सहयोग र सहभागिता जनाउन पनि दुई पार्टीले आह्वान गरेका छन् ।

प्रेसवक्तव्य

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ