आयोगले आज दलहरुलाई पत्रचार गर्दै

आयोगले आज दलहरुलाई पत्रचार गर्दै

  • बिहिबार, माघ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ २५ माघ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन सकिएसँगै निर्वाच्न आयोगले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्ने प्रक्रिया अघि बढाएको छ ।

आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्याका आधारमा समावेश गर्नुपर्ने महिला सिट समेत तय गरी दलहरुलाई आज पत्राचार गर्ने भएको छ ।

संघीय संसदमा महिलाको संख्या ३३ प्रतिशत र्पुयाउन राष्ट्रिय सभाको नतिजा पर्खिएको आयोगले राष्ट्रिय सभाको परिणाम आएसँगै प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको प्रक्रिया अघि बढाएको हो ।

प्रतिनिधि सभाको प्रत्यक्षमा जितेका, राष्ट्रिय सभा सदस्यमा हिजो निर्वाचित भएका सहित ३३ प्रतिशत महिला प्रतिनिधित्व सुरक्षित गर्न आवश्यक पर्ने सिट संख्या तोकेर दलहरुलाई पत्राचार गर्न लागिएको आयोगका प्रवक्ता नबराज ढकालले बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा ६० चारको ब्यबस्था अनुसार तीन दिनको समयसीमा सहित दलहरुलाई बन्दसुचीबाट सदस्य छान्न पत्रचार गर्ने तयारी भएको प्रबक्ता ढकालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ