सुर्खेत, माघ २४ ।
माओवादी केन्द्रले प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीको नाम टुंगो लगाएको छ । माओवादी नेताहरु जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मायाप्रसाद शर्माको संयुक्त बैठकले आज मुख्यमन्त्रीमा शाहीको नाम टुंगो लगाएको हो ।
यसको औपचारिक निर्णय भने बिहीबार मात्रै हुने माओवादी केन्द्रले जनाएको छ । माओवादीभित्र शाही र नरेश भण्डारीबिच कसलाई मुख्य मन्त्री बनाउने भन्नेमा कुरा मिल्न नसकेपछि आज सो विषयमा छलफ गरी मुख्यमन्त्री चयन गरेको हो ।
कालिकोटको प्रदेशसभा ‘ख’ का सांसद शाही यसअघि उर्जामन्त्री हुनुहुन्थ्यो । एमालेसँग प्रदेश नम्बर ६ र ७ को मुख्यमन्त्री माओवादीले पाउने सहमती भएपछि माओवादी केन्द्रले मुख्यमन्त्रीको नाम टुंग्याएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline