माओवादीमा मुख्य मन्त्रीको गाँठो फुक्न सकेन! दुई पूर्वगृहमन्त्रीबीच सहमतीको प्रयास गरिदैँ 

माओवादीमा मुख्य मन्त्रीको गाँठो फुक्न सकेन! दुई पूर्वगृहमन्त्रीबीच सहमतीको प्रयास गरिदैँ 

  • बुधबार, माघ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

सुर्खेत, २४ माघ

मुख्य मन्त्रीको गाँठो फुक्न नसकेपछि त्यसको टुङ्गो लगाउन नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्रीद्वय शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा सुर्खेत आइपुग्नुभएको छ ।

सो मुद्दामा दुई फरक मत राख्दै आउनुभएका पूर्वगृहमन्त्रीहरुको मंगलबार साँझ बैठक बसेको हो । बैठकमा मिलेर मुख्यमन्त्रीको मुद्दा टुङ्ग्याउने सहमति भएको छ । समग्र ६ नं प्रदेशको समृद्धि र पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या हल गर्न तथा पिछडिएको प्रदेशलाई समृद्धिमा बदल्न एकरुपताका साथ अघि बढ्ने समझदारी भएको जनाइएको छ ।

मुख्यमन्त्री चयन लगायतका विषयमा छलफल गर्न ६ नं प्रदेशमा रहेका पोलिटब्यूरो सदस्यहरुको आज बुधबार विहान ११ बजे बैठक बोलाइएको नेकपा (माओवादी केन्द्र) सचिवालय सदस्य तथा ६ नं प्रदेश संयोजक मायाप्रसाद शर्माले जानकारी दिनुभयो । लामो समयदेखि फरक फरक तरिकाले आ–आफ्ना गतिविधि गरिरहेका दुवै पूर्वगृहमन्त्री मंगलबार साँझ एउटै कार्यक्रममा देखिनुभयो ।

मुख्य मन्त्रीको दाबी कायम राखेका सांसदद्वय नरेश भण्डारी र महेन्द्रबहादुर शाहीले सहमतिको निर्णय आफ्नै पक्षमा हुने अपेक्षा गरेका छन् । पूर्वगृहमन्त्रीबीच यो सगोल बसाइबाट सही निर्णय आउनेमा नेता तथा कार्यकर्ता विश्वस्त देखिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ