राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पुरा

राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पुरा

  • मङ्लबार, माघ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, माघ २३ ।
भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । दुई नम्बर प्रदेशमा सबै निर्विरोध भैसकेकाले बाँकी ६ वटा प्रदेशमा मात्र भोली निर्वाचन हुनेछ । मतदान विहान १० बजे देखि अपरान्ह ३ बजे सम्म हुनेछ ।

प्रदेश नं. १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान केन्द्र निर्धारण गरिएको छ । राष्ट्रियसभामा चुनिने ५६ सिटमध्ये उम्मेदवारी मनोनयनकै क्रममा २४ सिट निर्विरोध भैसकेको छ ।

अब ३२ सिटका लागि मात्रै निर्वाचन हुन लागेको हो । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ । हरेक प्रदेशबाट कम्तीमा ३ जना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य ३ जनासहित ८ जना निर्वा्चित हुने संवैधानिक प्रावधान छ ।

राष्ट्रियसभा निर्वाचन नहुँदा दुई महिनाअघि सकिएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा समेत घोषणा हुन सकेको छैन । यसबाट नयाँ सरकार गठन प्रक्रिया समेत अवरुद्ध भएको छ ।

राष्ट्रियसभा चुनावको परिणाम आएलगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम घोषणा गर्ने आयोगको तयारी छ । निर्वाचनको परिणाम २५ गते सम्म आइसक्ने र २६ गते परिणाम राष्ट्रपति समक्ष बुझाउने आयोगको लक्ष्य छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ