प्रदेश १ र ४ को पहिलो बैठक आज , यस्तो छ तयारी

प्रदेश १ र ४ को पहिलो बैठक आज , यस्तो छ तयारी

  • सोमवार, माघ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २२ माघ ।
प्रदेश नम्बर १ र ४ को पहिलो प्रदेश सभा बैठक आज बस्दैछ । प्रदेश नम्बर १ को विराटनगर र प्रदेश नम्बर ४ को पोखरामा बैठक बस्ने तयारी छ ।

दुवै प्रदेशमा अन्तरिम कार्यविधि पारित गरी सभामुख तथा उपसभामुखको निर्वाचन मिति तय गर्ने पहिलो कार्यसुची रहेको जनाइएको छ ।

विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा दिउँसो १ बजे बस्ने प्रदेश नम्बर १ को बैठकको अध्यक्षता जेष्ठ सदस्य ओमप्रकाश सरावगी ले गर्नुहुनेछ ।

९३ जना सांसद रहेको प्रदेश एकमा एमालेको ५१, कांग्रेसको २१, माओवादीको १५, संघिय समाजवादी फोरमका ३ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, संघिय गणतान्त्रिक राष्ट्रिय मन्च र स्वतन्त्रबाट एक एक जना सदस्य रहेका छन् ।

यस्तै प्रदेश नम्बर चारको बैठक बिहान ११ बजेपछि पोखरामा सुरु हुनेछ । बैठकका लागि सबै सांसद पोखरा पुगिसकेको ४ नम्बर प्रदेश संसद सचिवालयले जनाएको छ । बैठकको अध्यक्षता जेष्ठ सदस्य जनकलाल श्रेष्ठले गर्नुहुनेछ ।

५९ जना कूल सदस्य रहेको प्रदेश नम्बर ४ मा एमाले २७, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चका ३ तथा नयाँ शक्तिका २ जना सदस्य रहेका छन् । यसअघि हिजो प्रदेश नम्बर २, ५, ५ र ७ मा प्रदेश सभाको पहिलो बैठक बसेको थियो ।

प्रदेश नम्बर ३ को भने गत माघ १८ गते नै पहिलो बैठक बसिसकेको छ । आजको बैठकसँगै सबै प्रदेश संघियता अभ्यासको बाटोमा औपचारिक रुपमा प्रवेश गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ