राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु , चुनावी प्रचार प्रसारमा नलाग्न आयोगको आग्रह

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु , चुनावी प्रचार प्रसारमा नलाग्न आयोगको आग्रह

  • सोमवार, माघ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ , २२ माघ ।
आगामी माघ २४ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मौन अवाधि सुरु भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार गएराति १२ बजेदेखि मौन अवाधि लागु भएको भन्दै आयोगले कुनैपनि खालका चुनावी प्रचार प्रसारमा नलाग्न राजनितिक दल र तीनका उम्मेदवारलाई आग्रह गरेको छ ।

निर्वाचन कार्यक्रम अनुसार मतदान सुरु हुनु भन्दा ४८ घण्टाअघिदेखि मौन अवाधि सुरु हुने व्यवस्था छ । सो अवाधिमा निर्वाचनलाई प्रभावित पार्ने खालको कुनै गतिविधि नगर्न आयोगले आग्रह गरेको हो ।

आयोगले निर्वाचनलाई प्रभाव पार्ने गरी नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमलाई समेत दल तथा उम्मेदवारको पक्ष विपक्षमा सर्वेक्षण, समाचार प्रकाशन प्रशारण नगर्न पनि निर्देशन दिएको छ ।

मौन अवधिमा निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षा सामग्रि, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै अप्ट्यारो नपर्ने स्पष्ट पारेको छ । यसैबीच, राष्ट्रिय सभा सदस्य निर्वाचनमा नागरिकता प्रयोग गरेर पनि भोट हाल्न पाईने भएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले नागरिकताको प्रमाणपत्रका आधारमा समेत मतदान गर्न पाउने आयोगले जनाएको छ । यसअघि मतदानका लागि मतदातासँग निर्वाचित भएको प्रमाणपत्र हुनुपर्ने व्यावस्था गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ